आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

सिम्रन भइन् मिस टिन नेसनल

24/09/2016

_mg_8801_1

राजधानी समाचारदाता
काठमाडौं, ८ असोज

राजधानीको जमलस्थित नाचघरमा शनिबार सम्पन्न ‘मिस टिन नेसनल–२०१६’ को उपाधि सिम्रन पाठकले जितेकी छन् । उनले आफ्ना १४ प्रतिस्पर्धीलाई पछि पार्दै ‘बेस्ट वाक’ सहित मिस टिन नेसनलको उपाधि जितेकी हुन् ।

-याम्प जोनको प्रस्तुति रहेको सो प्रतियोगितामा मिनी तामाङ ‘फेशन आइकन’ सहित ‘फस्ट रनर अप’, ज्योति थापा ‘मिस ब्युटिफुल’ सहित ‘सेकेन्ड रनर अप’ र सृजना पाण्डे ‘मोस्ट फ्रेन्डली’ सहित थर्ड रनर अप भए ।

१३ देखि १९ वर्षका प्रतियोगीहरुबीच भएको सो प्रतियोगितामा अस्मिता डंगोलले ‘बेस्ट स्किन’, इसानी कार्कीले ‘डिसिप्लेन’, शर्मिला खडकाले ‘बेस्ट फिटनेश’को उपाधि पाए । इनु थापामगरले ‘भिवर्स च्वाईस’ का साथै ‘कन्जियालिटी’, स्वेता बरमुले ‘बेस्ट स्माइल’, प्राप्त गरे । मिना शाहले ‘मिस इन्टेलिजेन्ट’, इलिजा श्रेष्ठले ‘मिस चार्मिङ’ एवं ‘भिवर्स च्वाइस’्, लाक्पा शेर्पाले ‘मिस पञ्चुअल’, सिन्थिया श्रेष्ठले ‘मिस पुपलर’ सँगै ‘मिस फोटोजेनिक’ र मञ्जु गुरुङले ‘मिस पर्सनालिटी’को उपाधि प्राप्त गरे ।

(Visited 1 times, 1 visits today)