आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

दसैंमा लोडसेडिङको समय घटाइने

3 years ago
25/09/2016

माथिल्लो मस्र्याङ्दीबाट ५० मेगावाट थपिने

images

राजधानी समाचारदाता
काठमाडांै, ८ असोज

नेपाल विद्युत् प्राधिकरणले दसैंको समयमा लोडसेडिङ घटाउने तयारी गरेको छ । सो समयमा दैनिक औसत २ देखि ३ घण्टा मात्रै लोडसेडिङ गर्ने तयारी छ । दसैंका मुख्य दिनमा औद्योगिक प्रतिष्ठानहरू बन्द हुने भएकाले बिजुली बचत हुन्छ, त्यसैकारण दसैंमा फूलपातीको दिनदेखि दसैं नसकिँदासम्म दिनको २ देखि ३ घण्टासम्म मात्रै लोडसेडिङ हुने प्राधिकरणका विद्युत् भारप्रेषण विभाग प्रमुख विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘दसैंमा मुख्यतयः घरायसी उपभोक्ताका लागि मात्रै बिजुली खपत गर्दा हुन्छ । व्यावसायिक औद्योगिक प्रतिष्ठान प्रायः बन्द हुने भएकाले खपत घटेर बिजुली बच्छ, त्यसैले लोडसेडिङ २ घण्टासम्म झार्न सकिन्छ,’ श्रेष्ठले भने । उनले उत्पादन बढेकाले भारतबाट आयात भएको ५० मेगावाट बिजुली पनि अहिले नल्याइने बताए ।

माथिल्लो मस्र्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट बिजुली दसैंअघि नै बाल्न पाइने अवस्था छ । चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केबलकार समूहको प्रवद्र्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको भुलभुले गाविसमा पावरहाउस राखेर मस्र्याङ्दी नदीबाट बिजुली निकालेको हो ।

सो आयोजनाबाट उत्पादित बिजुलीको उद्घाटन आगामी सोमबार ऊर्जामन्त्री जनार्दन शर्माले गर्दै छन् । नेपालीको मुख्य चाड दसैंमा लोडसेडिङ कम गर्नुपर्ने बाध्यताका बीच खपत पनि घट्दा प्राधिकरणलाई सहज हुने देखिएको छ । दसैंमा फूलपातीका दिनदेखि प्रायः उद्योगधन्दा तथा कलकारखाना बन्द हुन्छन्, त्यसैकारण औद्योगिक क्षेत्रमा खपत हुने बिजुली घरायसी उपभोक्ताका लागि वितरण गर्दा लोडसेडिङ घट्नेछ । तर, कोजाग्रत पूर्णिमापछि भने अहिलेकै तालिकाअनुसार बिजुली कटौती हुनेछ । अहिले साताको साढे ४६ घण्टा लोडसेडिङ हुन्छ । एक दिन ६ घण्टा, एक दिन ७ घण्टा, तीन दिन साढे ६ घण्टा र दुई दिन आठ घण्टा लोडसेडिङ हुने गरेको छ ।

 

(Visited 3 times, 1 visits today)
Loading comments...