शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

सेलो संस्कृति जोगाउन बन्यो सेलो घर

2 years ago
25/09/2016

selo-ghar

काठमाडौं÷रास– पर्यटकीय थलो नगरकोटमुनिको तामाङ बस्ती बालुवापाटी, ढा“डागाउ“मा सेलोघर स्थापना गरिएको छ । पर्यटकलाई सेलो गीतसंगीत, नाटक, सांस्कृतिक कार्यक्रम र रंगमञ्चीय प्रस्तुतिका लागि म्यान्मारका गायिका सी र गीतकार तथा भिक्षु विन विन थेको प्रयासमा सेलो घर निर्माण भएको हो ।

सेलोघर शुक्रबार म्यान्मारका राजदूत उ लिउन ऊले उद्घाटन एवं हस्तान्तरण गरे । भूकम्पपीडित बस्तीमा कला संस्कृति संरक्षण र प्रवद्र्धनका लागि म्यान्मारका तर्फबाट यसरी सघाउन पाउँदा खुसी लागेको राजदूत ऊले बताए । यसले दुई देशको मित्रतालाई बलियो बनाउने यो एउटा सेतु बन्ने विश्वास उनले व्यक्त गरे ।

अघिल्लो वैशाख १२ गते गएको भूकम्पलगत्तै म्यान्मारका लेखक तथा बौद्धगुरु विन विन थे र एनआरएन म्यान्मारका अध्यक्ष सागर घिमिरेले त्यहाँ राहत सामग्री बाँड्ने क्रममा गरेको प्रतिबद्धताअनुसार सेलो घर निर्माण गरेका हुन् । सेलो घर हस्तान्तरण कार्यक्रममा गायिका सीले बौद्धगुरु विन विन थेले लेखेका सपनासम्बन्धी नै गीत प्रस्तुत गरिन् । भाषा नबुझे पनि उनको गीतमा गाउ“ले दर्शक कम्मर मर्काउ“दै नाचे ।

हिन्दु विद्यापीठका प्रमुख डा. चिन्तामणि योगीले ‘एकता एकता राष्ट्र एकता..’ गीत र सेलो गायक फूलकुमार बमजनले डम्फू त बज्यो ताक धुम ताक धुम…गीत प्रस्तुत गरे ।

 

(Visited 1 times, 1 visits today)