आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

लोकदोहोरी प्रतिष्ठानको महाधिवेशन सुरु

2 years ago
25/09/2016

lok-geet

राजधानी समाचारदाता
काठमाडौं, ८ असोज

राष्ट्रिय लोक तथा दाहोेरी गीत प्रतिष्ठान नेपालको छैटौं महाधिवेशन शनिबारबाट राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ ।उपराष्ट्रपति नन्दबहादुर पुनले सो महाधिवेशनको शनिबार उद्घाटन गरे ।  उपराष्ट्रपति पुनले महाधिवेशनको सफलताको कामना गर्दै नेपाली लोकगीत संगीत र लोक संस्कृतिले धनी मुलुक भएको बताए ।  उपराष्ट्रपति पुनले राज्यका हरेक परिवर्तनमा कलाकारहरूको ठूलो योगदान रहेको धारणा राखे । संस्कृति मन्त्रालयको पहिलो दायित्व भनेको राज्यको संस्कृति बचाउनु बताएको बनाउँदै पुनले सो कुरामा मन्त्रालय गम्भीर भएर लाग्नुपर्ने सुझाव दिए । कलाकार अमूल्य निधिका रूपमा आफूले बुझेको बताउँदै उपराष्ट्रपति पुनले भने भने, ‘राज्यले कलाकारहरूको उचित व्यवस्थापन र सम्मान गर्न सकेको छैन, यसतर्फ सकारले ध्यान दिन दिनुपर्छ भन्नेबारेमा म जोडदार माग गर्छु ।’ उपराष्ट्रपति पुनले लोकगीतमा आधुनिकता आउनु स्वाभाविक हो भन्दै आधुनिकताका नाममा लोकसंस्कृतिको मर्ममाथि चोट पुग्छ भने त्यो कुरा सभ्य समाजका लागि राम्रो नहुने धारणा राखे ।

धमलाले कलाकारहरूको हकहितका लागि आफू जस्तोसुकै साथ र सहयोग गर्न तयार रहेको बताउँदै भने, ‘तपाईंहरूको आग्रहलाई म सधैँ सम्मान गर्छु, लोकगीत संरक्षण र प्रवद्र्धनका लागि रिपोटर््र्स क्लब नेपाल बहस गर्न तयार छ, तपार्इंहरूका माग राज्यलाई सुनाउन हाजिर छ ।’

धमलाले अघि थपे, ‘तपाईंहरू आउनोस्, सरकारले यस क्षेत्रका लागि केही गरेको छैन, हामी सबैले मिलेर यसको उचित संरक्षण र विकासका लागि काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा गायिका कोमल ओलीले लोकसंस्कृति भनेको नेपालीहरूको लोकजीवन भएको उल्लेख गर्दै आफू सदासर्वदा यस क्षेत्रको विकासका लागि लागिरहने बताइन् । उनले लोक क्षेत्रमा अनुशासनको खाँचो रहेको बताइन् । उनले आफूभन्दा अग्रज कलाकारको सम्मान गर्दा मात्रै पछिका कलाकारले आफूलाई सम्मान गर्ने सुझाव दिइन् । रिपोटर््स क्लबका अध्यक्ष ऋषि धमलाले नेपाली लोकगीत संगीतको विकासमा आफूहरूले सञ्चार क्षेत्रबाट निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जाहेर गरे । यस्तै, लोकगायक बद्री पंगेनीले अहिले लोकगीत तथा संगीतमा सरकारी क्षेत्रबाट सहयोग हुन नसकेको गुनासो गरे । अर्का गायक प्रजापति पराजुलीले लोकदोहोरी गीतका महŒवबारे प्रकाश पारेका थिए ।  प्रतिष्ठानले लोकदोहोरी क्षेत्रमा गरेको कामबारे कार्यक्रममा दुर्गा रायमाझीलगायतले प्रकाश पारे ।शनिबारबाट सुरु भएको यो महाधिवेशनमा मुलुकभरका २ हजारभन्दा बढी गायक–गायिका तथा संगीतकर्मी सहभागी छन् । महाधिवेशनले प्रतिष्ठानको नयाँ कार्यसमितिको चयन गर्नेछ ।

 

(Visited 1 times, 1 visits today)