आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

काठमाडौं आउ“दै उर्वशी

2 years ago
25/09/2016

काठमाडौं÷रास– बलिउड अभिनेत्री उर्वशी रौटेला १४ असोज बिहान काठमाडौं आउँदै छिन् । युहान इन्टरनेसनल इभेन्ट्सको निम्तोमा उनी दुई दिनका लागि काठमाडौं आउन लागेकी हुन् । युहान इन्टरनेसनल इभेन्टसले सोही दिन बेलुकी पख ‘मोडल क्वेस्ट इन्टरनेसलन नेपाल, सिजन–२’ आयोजना  गर्दै छ ।

राजधानीको त्रिपुरेश्वरस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको एनेक्स ‘बी’ मा तयार गरिएको भव्य ¥याम्पमा बलिउड अभिनेत्री उर्वशी रौटेलाले क्याटवाक गर्नेछिन् । ‘मोडल क्वेस्ट इन्टरनेसलन नेपाल, सिजन–२’ मा उर्वशी मुख्य सो स्टपरका रूपमा प्रस्तुत हुनेछिन् ।

गत वर्ष  मोडल क्वेस्ट इन्टरनेसलन नेपालको पहिलो सिजनमा युहानले बलिउड अभिनेत्री हेजेल केचलाई ल्याएको थियो । नेपाली तन्नेरी पुस्तालाई मोडलिङमा स्थापित गर्न आयोजित मोडल क्वेस्ट इन्टरनेसनल नेपालका प्रतियोगीलाई अन्तर्राष्ट्रिय मोडलहरूसँग एउटै ¥याम्पमा उतार्न गत वर्षझंै यसपटक पनि बलिउड अभिनेत्री एवं मोडल उर्वशी रौटेलालाई बेलाइएको आयोजक संस्थाकी अध्यक्ष सञ्जिता श्रेष्ठले बताइन् । बलिउडका सनम रे, सिंह साव द ग्रेट, ग्रेट ग्रान्ड मस्ती र दक्षिण भारतको मिस्टर इराबाटाजस्ता फिल्मकी अभिनेत्री उर्वशी चर्चित मोडल पनि हुन् । सोही कारण पनि ‘मोडल क्वेस्ट इन्टरनेसलन नेपाल, सिजन–२’ मा सो स्टपरका रूपमा उर्वशीलाई बोलाइएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सानु खानले बताए ।

बलिउड ¥यापर हनी सिंहको लाभ डोज…र गल बन्गई…जस्ता गीतको भिडियोमा मोडलिङ गरेकी उर्वशी यी गीतको भिडियोका कारण पनि पछिल्लो समय चर्चामा छिन् । उनले काठमाडौंवासी आफ्ना प्रशंसकलाई नमस्कार गर्दै काठमाडौंमा १४ असोजमा भेट्ने वाचासहितको भिडियो सन्देश पनि युहान इन्टरनेसनल इभेन्ट्सलाई पठाएकी छिन् ।

सानु खानका अनुसार मोडल क्वेस्ट इन्टरनेसलन नेपाल, सिजन–२ मा युवायुवती गरेर ४० प्रतियोगी छन् । उनीहरू अहिले विभिन्न प्रशिक्षणमा व्यस्त छन् ।् कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरिरहेका छन् । उर्वशीसँगै मञ्चमा उत्रिन पाउँदा यी प्रतियोगीहरू पनि अहिले उत्साहित छन् ।

(Visited 3 times, 1 visits today)