शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

‘सुर्के थैली खै’ जनताले मनपराएको गीत, शम्भुजितलाई दीर्घकालीन सम्मान

2 years ago
25/09/2016

maxresdefault

काठमाडौँ, ९ असोज

चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले १८औँ इमेज अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । शनिबार यहाँ सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो । नेपाली साङ्गीतिक क्षेत्रको महोत्सवका रुपमा लिइने इमेज अवार्डमा यस वर्षको सर्वोत्कृष्ट पुरुष गायनको उपाधि ‘धोका दिने’ गीतबाट गायक मनोज राज तथा महिला गायनको उपाधि ‘आकाश उही’बाट बानिका प्रधानले जित्नुभयो ।

सत्यराज आचार्यको स्वर रहेको ‘गोरी भन्दा काली’ सर्वोत्कृष्ट गीत घोषित भयो भने आचार्यकै स्वर रहेको गीति सङ्ग्रह ‘मधुशाला’ले सर्वोत्कृष्ट एल्बम अवार्ड प्राप्त ग¥यो । साथै, सर्वोत्कृष्ट सङ्गीतको अवार्ड आचार्य र सर्वोत्कृष्ट गीत रचनाकारको अवार्ड रमेश बिजीले प्राप्त गरे । यीसहित करिब दुई विधामा अवार्ड दिइएको थियो ।

इमेज अवार्डमा गीत–सङ्गीतको क्षेत्रमा विशेष योगदान पु-याएबापत वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटालाई दीर्घकालीन साधना सम्मान प्रदान गरियो । उहाँलाई रु एक लाखसहित सो सम्मान गरिएको हो । २०७२ असार १ देखि २०७३ जेठ मसान्तसम्म आधिकारिक रुपमा प्रसारण भएका गीत–सङ्गीतलाई १८औँ इमेज अवार्डको प्रतिस्पर्धामा समावेश गरिएको थियो । रासस

(Visited 1 times, 1 visits today)