आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

12 months ago
02/04/2018

राजधानी समाचारदाता   / काठमाडौं

एनसेलले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आइफ्लिक्स भिडियो स्ट्रिमिङ र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन् । यसका साथै परीक्षार्थीले विशेष तथा सुलभ डेटा प्याकसँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभ लिन सक्ने पनि एनसेलले जनाएको छ ।
यो अफर सोमबारदेखि लागू हुनेछ ।  एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेशपत्र र आफ्ना आमा वा बाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् । यो योजनाअन्तर्गत सिम खरिद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजेसम्म आइफ्लिक्समा रहेका सामग्री निःशुल्क हेर्न सक्नेछन् ।
आइफ्लिक्स विश्वका विकासशील बजारहरूका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो । परीक्षार्थीले आइफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो
हेर्न सक्नेछन् ।
पहिलो सिम सुचारु गर्ने ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरेपछि बिना कुनै अतिरिक्त शुल्क माइफाइभ समूहको पाँचवटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समूहमा ग्राहकले अधिकतम पाँचवटा एनसेल नम्बर समावेश गर्न सक्छन् । माइफाइभ समूहमा ३० दिनपछि कल गर्दा प्रतिमिनेट करबाहेक ९९ पैसा शुल्क लाग्नेछ ।
एक वर्षसम्म ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबी डेटा र १०० एसएमएस बोनसस्वरूप प्राप्त गर्नेछन् । बोनसस्वरूप प्राप्त डेटा तथा एसएमएस २४ घण्टाका लगि मान्य रहनेछ । विशेष डेटा प्याकले यस योजनालाई थप आकर्षित बनाएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले डे डेटा प्याकअन्तर्गत करसहित मात्र २० मा ३०० एमबी डेटाको मजा लिन सक्नेछन् । यो अफरअन्तर्गत परीक्षार्थीले कम्तीमा ७ पैसाप्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्नेछन् भने करसहित २० रुपैयाँमा नाइट डेटा प्याकअन्तर्गत बेलुका ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको लाभ लिन सक्नेछन् । नाइट डेटा प्याक २४ घण्टाका लागि मान्य रहने पनि एनसेलले जनाएको छ ।
एसईई २०७४ को परीक्षार्थीहरूका लागि यो विषेश योजना ल्याउन पाउँदा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । यो अफरले परीक्षार्थीहरूको भ्वाइस, डेटा तथा एसएमएस सेवाको आवश्यकतालाई  सम्बोधन गर्दै उनीहरूको मनोरञ्जनका लागि हरेक दिन ३ घण्टा आइफ्लिक्समा रहेका कुनै पनि सामग्री निःशुल्क हेरेर मजा
लिन सक्नेछन् ।

(Visited 7 times, 1 visits today)
Loading comments...