आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

भारत बन्दमा हिंसात्मक प्रदर्शन मध्यप्रदेशमा ६ र राजस्थानमा एक जनाको मृत्यु

1 year ago
03/04/2018

एजेन्सी / नयाँ दिल्ली

भारतमा एससी÷एसटी ऐनबारे सर्वोच्च अदालतको फैसलाको विरोधमा गरिएको भारत बन्दका क्रममा हिंसात्मक घटना भएका छन् । अदालतको फैसलाविरुद्ध बन्दको आह्वान गरिएको थियो ।

त्यस क्रममा भएको झडपमा परी यो समाचार तयार पार्दासम्म ९ जनाको मृत्युृ भएको पुष्टि भएको छ । मध्यप्रदेशको ग्वालियरमा तीन, डबरा, भिन्ड र मुरैनामा एक–एक जनाको मृत्यु भएको हो । भारतकै राजस्थानको अलवरमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा परी एक जनाको मृत्यु भएको छ ।

बाडमेरमा बन्दकर्ता र बन्दविरोधी व्यापारीबीच तनाव भएको थियो । उत्तर प्रदेश, झारखण्ड, हरियाणा, पन्जाबलगायतका राज्यमा बन्द र प्रदर्शनका क्रममा हिंसाका घटना भएका छन् । केही दिनअघि सर्वोच्च अदालतले एससी÷एसटी (प्रिभेन्सन अफ एट्रोसिटिज) अर्थात् अत्याचार रोकथामसम्बन्धी एक ऐनको विषयमा फैसला गर्दै तत्काल गिरफ्तार नगरी सुरुवाती जाँचपछि मात्रै कारबाही हुनुपर्ने फैसला गरेको थियो ।

दलित संगठनहरूले अदालतको यो फैसलाप्रति असन्तुष्ट रहेका छन् । उनीहरूले यसका विरुद्ध सोमबार भारत बन्दको आह्वान गरेका थिए । सोमबार दलितहरू सडकमा उत्रिएपछि विभिन्न स्थानमा हिंसात्मक घटना भएका हुन् ।

प्रदर्शनले उग्र रूप लिएपछि मध्यप्रदेशको ग्वालियर र मुरैनामा कÏर्यु लगाइएको छ भने इन्टरनेट सेवासमेत बन्द गराइएको छ । प्रदर्शनका क्रममा उत्तर प्रदेशमा ४४८ जनालाई पक्राउ गरिएको छ । आगरामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ भने मुजफ्फरनगरमा एउटा बसमा प्रदर्शनकारीले आगो लगाइदिएका छन् ।

यस्तै, गाजियावाद, मेरठ, आगरामा रेलसमेत रोक्ने कोसिस भएको थियो । प्रहरीले उत्तर प्रदेशका पश्चिमी जिल्लामा हिंसात्मक प्रदर्शन भएपछि सुरक्षा बढाएको छ ।

सो क्षेत्रमा अर्धसैनिक बलसमेत तैनाथ गरिएको छ । मुजफ्फरनगर र आगरामा सोमबार सबैभन्दा बढी तनावपूर्ण अवस्था रहेको भारतीय सञ्चारमाध्यमले

जनाएका छन् । झारखण्डमा पनि ४ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । महिला छात्रावासमा पुरुष प्रहरी प्रवेश गरेको र खानतलासी लिएको विरोधमा छात्राहरूले समेत विरोध प्रदर्शन गरेका थिए । पूर्वमन्त्री डा. गीताश्री उरावले छात्रासँगै गिरफ्तारी दिएका छन् ।

झारखण्डका विभिन्न स्थानमा उत्रिएका आदिवासी युवा र विभिन्न संगठनले मसालसहित जुलुस प्रदर्शनका साथै सडक जाम गरेका थिए । धनबाद, राँची, जमशेदपुर र जादुगोडासहितका स्थानमा भारत बन्दमा सामेल केहीलाई पक्राउ गरिएको छ ।

हरियाणाको रोहतक, आंबेडकर चोकमा दलित संगठनका कार्यकर्ताको ठूलो भीड जम्मा भएको थियो । अदालतको आदेशविरुद्ध भारतभर दलित संगठनहरू आन्दोलनमा उत्रिएपछि जनजीवन अस्तव्यस्त भएको छ ।

सरकारले समेत सर्वोच्चको फैसलाविरुद्ध पुनरावेदन निवेदन दर्ता गरेको छ । अदालतको आदेशमा सुरुवाती जाँच सात दिनभित्र पूरा गर्नुपर्ने अनि मात्र पक्राउ गर्न पाइने उल्लेख छ । भारत बन्दको कार्यक्रमलाई विभिन्न नेताले समेत समर्थन जनाएका छन् ।

(Visited 6 times, 1 visits today)
Loading comments...