आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

नयाँ वर्षमा घर फर्किनेको सीमामा लर्को

12 months ago
07/04/2018

राजधानी संवाददाता / दैलेख

दैलेख घर भएका ३५ वर्षीया इश्वरा ठकुरी दैनिकी मजदुरी गर्न आफ्ना लालाबालासहित गत कात्तिक महिनामा भारतको उत्तराखण्डको बांगापानी पुगिन् । पिथौरागढ जिल्लाको ग्रामीण क्षेत्र रहेको सो ठाउँमा सडक निर्माणमा काम गर्न उनीहरू यहाँ पुगेका हुन् ।

झण्डै ६ महिना सडकमा काम गरेर उनीहरू नयाँ वर्ष लागेपछि दार्चुला सदरमुकाम भएर घर फर्किएका छन् । विषु मनाउन तथा घरमा खेतीपाती भित्र्याउन भन्दै उनीहरू घर फर्किएका छन् ।

दैलेखका मात्रै ५० जनाको समूहमा आएका उनीहरू घर फर्किएका छन् । स्वदेशमा रोजगारीको अवसर नपाएपछि आफुहरू विदेशी भूमिमा पुगेर काम गर्नुपरेको उनीहरू सुनाउँछन् ।

पेट पाल्न र दैनिकी टार्न काम नगरी नहुने भएपछि परिवारसहित भारतमा कामगर्न पुगेको उनले बताइन् । गाउँमा खेतीपातीको चटारो हुनेभएपछि उनीहरू सबै एकपटैक फर्किएका छन् । भारतमा काम गरेबाफत दिन्छु भनेको रकम पनि आफुहरूले नपाएको खड्ग विकेले बताए । दैलेखबाट ठेकेदारले बोलाएर ल्याउँदा प्रति दिन ४ सय रुपैयाँ भारु दिन्छु भनेका हुन् उहाँले भन्नुभयो, अहिले आएर ३ सय ७० रुपैयाँ मात्रै दिएको छ ।

अर्काको भूमिमा गएर काम गर्नुपर्दा उनीहरूबाट अपमानित हुनु परेको सुनाए । आफुहरूको पुरै समूह सडकमै काम गर्दै आइरहेका थियौ । अहिले नयाँ वर्ष मनाउन र बैशाखमा खेतीपाती भित्र्याउन समय भएपछि घर फर्किएका हौ विकेले भने ।

स्वदेशमै रोजगारीको अवसर र उचित पारिश्रमिक नपाइने भएकाले लाखौ नेपाली भारतका बिभिन्न ठाउँमा होटल, सडक कोठिहरूमा मजदुरी गर्न बाध्य छन् । पेट पाल्न र दैनिकी चलाउँन अर्थात परिवारको आधारभुत आबश्यकता पुरा गर्न युवाहरूदेखी महिला, बालक र बृद्धहरूसमेत कडा परिश्रम गरेर दुइ चार पैसा कमाउँने गरेका छन ।

पसिना बगाएर दिनभरी काम गर्दापनि मालिकको ज्यादती सहेर उनीहरूकै भने अनुसार सहनुपर्छ, अर्का मजदुर लालसिह विकेले भने, काम गर्नेबेला मालिक र ठेकेदारहरूले महिला केटाकेटीलाईसमेत गाली गर्ने पिट्ने जस्ता ज्याजति गर्ने गरेका छन् ।

गाउँमा लालाबाला, खेतिपाती र गाइबस्तु छोडेर अर्काको देशमा काम गर्नु बाध्यता भएपनि भने अनुसारको पारश्रमिक नदिएर उनीहरूले आफुहरूमाथि ज्याजदती गर्ने गरेको शिवराज शाहीले बताए ।

छ महिना काम गरेपनि उनीहरूको अनुहार हर्षित छैन् । नयाँ वर्षको लागि दुई छाक मिठो मसिनो खाने सोच बनाएका उनीहरूको सपना ठेकेदारबाटै ठगिएपनि निराश हुँदै घर फर्किएका लालसिह विकले बताए ।

छोराछोरी गाउँमै छोडेर जादा स्याहार गर्ने मान्छे नभएपछि सँगै लिएर गएका हौ । बालबच्चा पालन गर्नैकै लागि बुढाबुढी छोराछोरी त्यहि सडकमा हुर्काउने गरेका छौ उनले भनिन् ‘स्वदेशमै रोजगारी भए कसैले अर्काको देशमा जानुपर्दैन थियो होला ।’

(Visited 4 times, 1 visits today)
Loading comments...