आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

दलगत स्वार्थभन्दा माथि उठौं : देउवा

11 months ago
14/04/2018

राजधानी समाचारदाता / काठमाडौं

कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समग्र विकासका लागि राजनीतिक दल तथा जिम्मेवार निकायहरू दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताएका छन ।

नयाँ वर्ष २०७५को अवसरमा शुभकामना वक्तव्य मार्फत देउवाले संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको भन्दै समग्र विकासका लागि राजनीतिक दल तथा जिम्मेवार निकायहरू दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताएका हुन ।

देउवाले शुभकामना शन्देशमा नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा बसोवास गर्ने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन ।

‘नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरूप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरू सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको छ । यो ऐतिहासिक उपलब्धी पछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो र यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सवाङ्गिण विकासमा अग्रसर हुनु पर्ने बेला आएको छ ।’ देउवाले शुभकामना शन्देशमा भनेका छन ।

उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७५ ले सबैलाई प्रेरणा प्रदान गर्नेमा आफु विश्वस्थ रहेको समेत उल्ल्ेख गरेका छन ।

 

(Visited 7 times, 1 visits today)
Loading comments...