सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

इन्सपेक्टर र डीएसपीले नै गरे आईजीपी राईको कार्यशैलीको विरोध

3 years ago
26/09/2016

सरुवामा इमानदारिता नदेखाएको आरोप

राजधानी समाचारदाता
काठमाडौं, १० असोज

डेढ साताअघि भएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) र सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवाको सशस्त्रका प्रहरी अधिकृतहरूले नै व्यापक विरोध गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) दुर्जकुमार राईले सरुवामा न्याय नगरेको उनीहरूको आरोप छ । आईजीपी राईको कार्यशैलीलाई लिएर उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत चर्काे विरोधसमेत गरेका छन् ।

असन्तुष्ट अधिकृतहरूले आईजीपी राईले आपूmनिकट रहेकालाई राम्रो स्थानमा सरुवा गरेको र राजनीतिक पहुँच र प्रभाव भएकालाई प्राथमिकता दिएको आरोप लगाएका छन् । सिसं–२ का डीएसपीहरूलाई कमान्ड नदिएर सिसं–३ का डीएसपीहरूलाई कमान्ड दिएको र राजनीतिक दबाबसामु झुकेर एकपटक कमान्ड दिइसकेकालाई पुनः कमान्ड दिएको उनीहरूको आरोप छ ।

durja-kumar-rai

संगठन प्रमुख राईको कार्यशैलीलाई लिएर इन्सपेक्टर र डीएसपीहरूले नै सामाजिक सञ्जालमा असन्तुष्टि जाहेर गरेपछि सशस्त्र मुख्यालयले आठजना डीएसपी र ११ जना इन्सपेक्टरसँग २४ घन्टे स्पष्टीकरण सोधेको थियो । ती सबैले आइतबार नै स्पष्टीकरण बुझाएका छन् । तर, सशस्त्र प्रहरी नेतृत्वले ती कसैलाई कुनै कारबाही नै नगरी सम्बन्धित कार्यक्षेत्रमा गएर काम गर्न निर्देशन दिएको छ ।

स्रोतका अनुसार सशस्त्र प्रहरी मुख्यालयले सरुवाप्रति असहमति राखी कारबाहीका लागि स्पष्टीकरण सोधेको कुनै पनि अधिकृतले काठमाडौं आउनुबाहेक कुनै कारबाही भोग्नुपरेन । आइतबार २४ घन्टे स्पष्टीकरण पेस गरेका उनीहरूलाई सोमबार नै कुनै प्रतिक्रिया नदिई आफ्नो युनिटमा जान निर्देशन दिइएको छ । तर, सशस्त्र प्रहरी बलको कानुन निर्देशनालयले उनीहरूलाई कारबाहीका लागि बोलाएको जनाएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राईको निर्देशनमा कानुन निर्देशनालयले डीएसपीहरू गौतमलाल योञ्जन, भुवनराज पन्त, चेतसिंह थापा, कृष्ण ढकाल, समीक महर्जन, रवि केसी, नेत्रबहादुर कार्की र पूर्णचन्द भट्टलाई स्पष्टीकरण सोधेको थियो । यसैगरी, इन्स्पेक्टरहरू विश्वराज योञ्जन, अपार प्याकुेल, उमाकान्त जोशी, भीमबहादुर राना, सन्तोष उपाध्याय, धनसिंह धामी, अर्जुन कुँवर, नवीन अधिकारी, लाप्साङ तामाङ, विश्वनाथ जीसी र शंकर शाहलाई स्पष्टीकरण सोधेको थियो ।

तर, सशस्त्र प्रहरीका एआईजी शैलेन्द्र खनालले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढिसकेको बताए । ‘कारबाहीको पत्र दरबन्दीमा पठाइदिन्छौं, धेरै दिन काठमाडौं नबसून् र फेरि चलखेल नहोस् भन्ने हाम्रो चाहना हो,’ एआईजी खनालले भने । उनले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका र संगठनको नीतिविपरीत प्रतिक्रिया जनाएपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको पनि बताए । ‘आज कार्यक्षेत्रमा फिर्ता पठाइएको मात्र हो, के कारबाही हुन्छ, त्यसको हामी जानकारी गराउनेछौं, विभागले त्यसको रेकर्ड राख्नेछ,’ एआईजी खनालले भने ।

संगठनका कामकारबाहीबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिने, राजनीतिक टीकाटिप्पणी गर्ने र पोसाकसहितका तस्बिर पोस्ट गर्न नपाइने प्रावधानको उल्लंघन गरेपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो । ‘लिखित स्पष्टीकरण चित्तबुझ्दो नभए चेतावनी, नसियत वा घटुवासम्मको कारबाही हुन सक्छ, उनीहरूको स्पष्टीकरण कस्तो आएको छ, त्यो विषयमा कानुन शाखाले छानबिन गर्र्दै छ,’ मानवस्रोत विभागका एआईजी खनालले भने ।

(Visited 12 times, 1 visits today)
Loading comments...