मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

हरेक क्षतामा अब्बल बिद्यार्थी बिष्णुप्रसाद भण्डारी

1 year ago
26/05/2018

हरेक क्षतामा अब्बल बिद्यार्थी

बिष्णुप्रसाद भण्डारी

कमल वयक अछामको तुर्माखाँद गाउँपालिका स्थित कालिकेश्वरी माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्यनरत छन् । उनि बिद्यालयमा गठित बाल क्लवको अध्यक्ष पनि हुन् । पहिले–पहिले दुई÷चार जनाको अगाडी बोल्न डराउने उनि अहिले भन्ने खुल्लाम आम सभामा पनि खुलेर भाषण गर्ने भैसकेका छन् । क्लवमा आवद्ध भएपछि उनमा निर्धक्क बोल्ने बानीको बिकास भएको हो ।
क्लव मार्फत बिभिन्न कार्यक्रममा सहभागी हुन थालेपछि उनको निकै राम्रो क्षमता बिकास भएको छ । ‘सुरु–सुरु मा दुई÷चार जना मान्छेको अगाडी खुलेर परिचय गर्न समेत निकै गाह्रो हुन्थ्यो ।’ उनले भने ः– ‘अहिले भने खुलेरै भाषण पनि गर्न सक्छु ।’ ‘नेतृत्वमा आएपछि जानी–नजानी पनि बोल्नै पर्ने आवस्था श्रृजना हुँदो रहेछ ।’ उनले थपे ः– ‘अहिले बिभिन्न कार्यक्रमहरूमा बाल अधिकारका सवालमा भाषण गर्नुपर्छ, त्यसैले पनि जानी–नजानी भाषण ठाटाउनै प¥यो । कमल मात्र नभै बिद्यालयका अधिकांश बालबालिकामा बोल्ने बनाीको बिकास भएको छ । बिद्यालयमा बिभन्न खाले रचनात्मक क्रियाकलाप हुन थालेपछि बिद्यार्थीमा निर्धक्क बोल्ने बानीको बिकास भएको हो ।

सुरु–सुरु मा दुई÷चार जना मान्छेको अगाडी खुलेर परिचय गर्न समेत निकै गाह्रो हुन्थ्यो । अहिले भने खुलेरै भाषण पनि गर्न 

अहिले कालिकेश्वरी माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्यनरत अधिकांश बिद्यार्थी भाषण गर्नमा अब्बल बनिसकेका छन् । यती मात्र नभैसरसफाई सम्बन्धि क्रियाकलापमा पनि बिद्यार्थी अब्बल छन् । बिद्यार्थीहरूले सरसफाई सम्बन्धि बिभिन्न क्रियाकलापका बारेमा चेतना हासिल गरेपछि बिद्यार्थीहरू सरसफाईमा अब्बल बनेको र यसले बिद्यालयको सरसफाईमा समेत निकै टेवा पु¥याएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माकोभनाई छ ।
बिभिन्न संघ÷संस्थाहरूको सहयोगमा गाउँपालिकाको शिक्षा शाखा मार्फत चेतना बिस्तारका क्रियाकलाप सञ्चालन भएसंगै बिद्यार्थीहरूमा निर्धक्कसंग बोल्ने क्षमताको बिकास भएको उहाँले बताउनुभयो । बिद्यार्थीको बोलिमा निखारता आउनुका साथै बिभिन्न सभा समारोहहरूमा उनिहरू खुलेर भाषण नै भैसकेको अध्यक्ष शर्माको भनाई छ । यस्ता क्रियाकलापहरू मार्फत बिद्यार्थीले धेरै राम्रो उपलब्धि हाँसिल गरेको उहाँले बताउनुभयो । युनिसेफ र रेस्टलेस डेब्लपमेन्टको सहयोगमा पिसविन अछामद्धारा सञ्चालित सम्भव परियोजना मार्फत बिद्यालयमा बिभिन्न क्रियाकलापहरू सञ्चालन भएपछि बिद्यालयमा राम्रो परिवर्तन आएको स्थानीयको भनाई छ ।

सम्भव परियोजना मार्फत बिभिन्न क्रियाकलापहरू सञ्चालन भएपछि बिद्यार्थीको सर्वपक्षीय बिकास भएको पिसवीन अछामका कार्यक्रम संयोजक दिपक खड्काले बताउनुभयो । परियोजना लागु भएपछि बिद्यार्थीहरूले सरसफाई सम्बन्धि बिभिन्न क्रियाकलापका बारेमा चेतना शासिल गरेको, बिद्यार्थीहरूमा निर्धक्कसंग बोल्ने क्षमताको बिकास भएको, बोलिमा निखारता आएको जस्ता उपलब्धि बिद्यार्थीले हाँसिल गरेका छन् । सम्भव परियोजना बिद्यार्थीको सर्वपक्षीय बिकासमा कोसेढुंगा सावित भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रोत व्यक्ति जगत सिजापतीले बताउनुभयो । परियोजना लागुभएपछि बिद्यार्थीहरूले अनुशासनको परिपलाना समेत राम्रोसंग गगर्ने गरेको बिद्यालयका प्रधानाध्यापक मनबहादुर वयकले जानकारी दिनुभयो ।

(Visited 18 times, 1 visits today)
Loading comments...