बर्दिया । जिल्लाको बारबर्दिया नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस डाक्टर पढाउने भएको छ । नगरका विद्यार्थीहरु मध्ये एक जना गरिव, विपन्न तथा जेहेन्दर विद्यार्थी एमबीबीएस पढाउने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।
विज्ञान विषय लिएर दश जोड दुई कक्षा उत्तिर्ण गरि एमबीबीएस पढनको लागि संचालन हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका एक जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाई पुरा नहुञ्जेलसम्मको पढाई खर्च नगरपालिकाले व्यर्होने गरि नगरले कार्यक्रम ल्याएको बारबर्दिया नगरपालिका शिक्षा शाखा अधिकृत टिकानाथ गोसाईले जानकारी दिए ।
यसका लागि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पहिलो वर्षका लागि १७ लाख रुपैँया बजेट विनियोजन गरेको छ । पढाईका लागि हरेका वर्ष बजेट छुट्याइदै जाने नगरपालिकाले जनाएको छ । ५ वर्षको अध्ययन् अवधीमा करिव ४५ लाख रुपैँया खर्च हुने नगरको अनुमान छ ।
अध्ययन् अवधीको खर्च व्यक्तिलाई नदिइ सिधै शिक्षण संस्थालाई प्रदान गरिने बताइएको छ । अध्ययन अवधीको व्यक्तिगत खर्च भने विद्यार्थी स्वयमले व्यर्होनु पर्ने छ । अध्ययन पुरा गरेर आएपछि आफनै नगरमा रोजगार उपलब्ध गराउने नगरको योजना छ । एमबीबीएस पुरा गरेर आए पछि कम्तीमा २ वर्ष आफनै नगरमा सेवा गर्नु पर्ने छ ।
विज्ञान विषय लिएर दश जोड दुई कक्षा उत्तिर्ण गरि एमबीबीएस पढनको लागि संचालन हुने प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका एक जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाई पुरा नहुञ्जेलसम्मको पढाई खर्च नगरपालिकाले व्यर्होने गरि नगरले कार्यक्रम ल्याएको छ
आगामी आर्थिक वर्ष २०७७/ ०७८ देखि हरेक वर्ष नगरको एक जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमविविएस पढाउने नगरको योजना रहेको छ । आर्थिक अभावका कारण विपन्न तथा जेहेन्दार विद्यार्थी एमबीबीएस पढनबाट वञ्चित नहुन भनेर यो कार्यक्रम ल्याइएको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए । उनले भने, ‘ केही विद्यार्थीहरु जहेन्दार तथा तिक्ष्ण बुद्धिका हुन्छन् । राम्रो अंक ल्याएर प्लस टु पास गरेका हुन्छन् । तर आर्थिक अभावका कारण आफुले चाहेको विषय पढ्न पाउँदैनन् । त्यस्ता विद्यार्थी लक्षित गरेर एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई नगरले नै एमबीबीएस पढाउने योजना ल्याएका हौ । ’ नगरको यो छात्रवृती योजना अत्यन्तै प्रशंसनिय भएको स्थानिय युवा अमृत ढकालले बताए ।
यसैगरि नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ निती, कार्याक्रम तथा बजेटमा नगरमा सिकलसेल विशेष अस्पताल निमार्ण गर्ने योजना समावेश गरिएको छ । सिकलसेल थारु जातीमा मात्र लाग्ने बंशाणुगत रोग हो । नगरका विद्यालयहरुमा विगत वर्षदेखि नै स्थानिय पाठ्यक्रमअन्र्तगत सिकलसेल रोग सम्वन्धि विषय पढाई हुँदै आएको छ ।
यसका साथै नगरमा बहुप्राविधिक शिक्षालय स्थापना गरि प्राविधिक शिक्षालाई जोड दिने नगरको योजना ल्याएको छ । कृषि व्यवसायलाई प्राथमिकतामा राखेको नगरपालिकाले मन्सुली धानको संकलन, प्रशोधन र वजारीकरणलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने नगरप्रमुख दुर्गाबहादुर थारुले बताए ।