‘अल्पमत–बहुमतबाट अघि बढे नेकपा फुट्न सक्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले बहुमतका आधारमा अघि बढे पार्टी विभाजन हुनसक्ने खतरा औंल्याएका छन् । नेकपाभित्र विवाद पेचिलो बन्दै गइरहेकै बेला पार्टी एकता जोगाउन भन्दै ६बुँदे प्रस्ताव प्रस्तुत गरेका गौतमले आफूनिकटका केही केन्द्रीय सदस्यसग छलफलपछि यस्तो औंल्याएका हुन् ।

उपाध्यक्ष गौतमले पार्टी एकता जोगाउन आफ्नो प्रस्ताव कार्यान्वयन गर्दा ‘राम्रो हुने’ विश्वासमेत दिलाएका छन् । ‘मेरो प्रस्ताव उहाँहरू (ओली, दाहाल, नेपाल) दुबै पक्षका नेतालाई मान्य भएन, तपाईहरूलाई पनि मन परेको छैन होला † पार्टी एकता जोगाउन यो प्रस्ताव कार्यान्वयन गर्नैपर्छ,’ छलफलमा सहभागी एक सदस्यले गौतमको भनाई उद्धृत गर्दै भने, ‘ओलीजीलाई यसअघि सहयोग गरेर मैले ठुलो धोका पाएकै हो तर पनि पार्टी एकता जोगाउन यस्तो प्रस्ताव फेरि अघि सारेको हु“ु ।’

– ओली सरकार पूरै अवधि टिक्नुपर्नेमा जोड
– एकता जोगाउन ६बुँदे प्रस्ताव कार्यान्वयन जरुरी

नेकपा अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेताद्वय खनाल र नेपालसहित शीर्षनेता केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् । तर, ओली कुनै पनि पदबाट राजीनामा नदिने अडानमा अडिग छन् ।
केही समयअघिसम्म गौतमसमेत राजीनामा दिनुपर्ने पक्षमै भए पनि पार्टी एकता जोगाउन भन्दै उनले गत मंगलबार ६बुँदे प्रस्ताव गरेका छन् ।

ओली पार्टी एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो कार्यकालसम्म प्रधानमन्त्री हुने र कार्यकारी अघिकारसहित दाहालले पार्टी सञ्चालन गर्नेलगायत उनले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् । तर, उनको प्रस्ताव अहिलेसम्म छलफलको विषय बनाइएको छैन ।

गत १० असारदेखि जारी स्थायी कमिटी बैठक १८ असारयता बस्न सकेको छैन । पटकपटक बैठक बोलाउने र स्थगित गर्ने काम भइरहेकै बेला गत १३ साउनमा बोलाइएको बैठक भद्रगोल अवस्थाबाट पार गर्दै अनिश्चितकालका लागि स्थगित भएको छ ।

नेकपामा राजीनामा विषय उठेपछि ओली बैठकमा आउन छोडेका छन् । ‘सकभर बैठक नै नबसोस्’ भन्ने पक्षमा ओली र नेपाल समूह बैठकबाटै निर्णय गरेर अघि बढनुपर्ने अडानमा छ । नेताको आ–आफ्नै अडानले फुटको संघारमा पुगेको नेकपालाई ‘कसरी जोगाउने ?’ भन्ने विषयमा ओली र दाहालबीच पछिल्लो समय छलफल हुनसमेत भएको छैन ।

यसैबीच, नेकपा स्थायी कमिटी सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने स्पष्ट पारेका छन् । ‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हुन्, पार्टीले सरकारलाई सहयोग गर्छ,’ उनले भने, ‘पार्टी सबैको हो । अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन“ ।’

काठमाडौंमा बिहीबार कार्यक्रममा मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ‘इतिहास रच्नुपर्ने र अस्थिरताको ब्रेक–थ्रु गर्नुपर्ने’मा जोड दिए । पार्टीभित्र देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै हुने विश्वास पनि उनले व्यक्त गरे ।

‘सबै एकै ठाउँ आउनुहुन्छ र सहमति हुन्छ । सहमतिको विकल्प छैन,’ उनले भने, ‘पार्टीका नेताको कल्चर नै निकै बहस, छलफल र निष्कर्षमा सहमतिबाटै परिणाम निकाल्ने रहेकोले सहमतिको विकल्प छैन । पार्टी एकता, संघर्ष र रूपतान्तरणबाटै चल्ने हो ।’

नेकपा स्थायी कमिटी सदस्य मणि थापाले पार्टी एकताको दिशातर्फ अघि बढेको बताए । उपाध्यक्ष गौतमले एकताको पक्षमा राखेको ६बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ स्थायी कमिटी सदस्यले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको उनको छ ।

पछिल्लो समय नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको बताउँदै उनले सहमतिको विकल्प नभएको बताए । पार्टी विभाजन हु“दा मुलुक र जनतास“ग विश्वासघात हुने उनको जिकिर छ ।

‘पार्टी एकताताको पक्षमा हामी छौं, पछिल्लो समय एकतको पक्षमा नेता उभि“दै आउँनुभएको छ,’ थापाले भने, ‘महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा म छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा हामी छौ ।’

नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी विभाजन रोक्न केन्द्रीय कमिटी बैठकको बस्नुपर्ने सुझाव दिए । दुई अध्यक्ष, सचिवालय र स्थायी कमिटीले पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधान गर्न नसकेको निष्कर्ष सुनाउँदै उनले केन्द्रीय कमिटी बैठक बस्नुपर्नेमा जोड दिए ।

पार्टी केन्द्रीय कमिटी माग गर्दै हस्ताक्षर बुझाउनेमध्येका एक गैरे पनि हुन् । पार्टी विभाजन रोक्न तथा त्यस किसिमका भइरहेका गतिविधि रोक्नका लागि केन्द्रीय कमिटी बैठक आवश्यक भएको उनको तर्क छ ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबै जनता कार चढ्न सक्दैनन्, अटोलाई व्यवस्थित गर्छु : विजय सुवेदी