उपत्यकामा २०० सहित थप ७०७ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौ । उपत्यकामा २०० सहित आज देशभरमा ७०७ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १७४, ललितपुरमा १८ र भक्तपुरका आठ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ८३२ नमूना परीक्षण भएको थियो । जसमा ७०७ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज देखिएका सङ्क्रमितसँगै नेपालमा कूल सङ्क्रमितको संख्या २९ हजार ६४५ जना पुगेको छ ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा २६४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १७ हजार ९६४ रहेको छ । देशभरमा क्वारेइन्टिनमा रहनेको सङ्ख्या ११ हजार ७६८ रहेको छ । देशभर जम्मा ११ हजार ५५५ सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा तीन दलीय गठबन्धन, ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई