Saturday, April 17, 2021
Home प्रदेश प्रदेश ३ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाऔँ : सांसद तामाङ

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाऔँ : सांसद तामाङ

,

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गरेर अगाडि बढ्नाको कुनै विकल्प नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री तामाङले खर्चिलो निर्वाचन प्रणालीले विकास थिलोथिलो भएको र भ्रष्टाचार मौलाएको जनाउँदै अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

निर्वाचन जितेपछि जनताप्रति होइन, निर्वाचन खर्चप्रति बफादार बन्नुपर्ने अवस्थाले भ्रष्टाचार मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले भने, ‘म हार्दिक आह्वान गर्दछु, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ, संसद् पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा हुनुपर्छ ।’ विकास खर्चभन्दा साधारण खर्च ६० प्रतिशतले बढ्दै गएको जनाउँदै उनले संरचना घटाएर विकासमा खर्च गर्न सकिने बताए । महँगो शासकीय स्वरुप परिवर्तन गरी जनताको आकाङ्क्षा सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

सात सय ५३ स्थानीय तहलाई घटाएर ३५० को हाराहारीमा बनाउन तथा राजधानीको विकास गर्न बृहत् काठमाडौँ उपत्यका विकास प्राधिकरण बनाएर जानुपर्ने सुझाव पनि उनले दिए ।

कालापानीमा सीमा सुरक्षाचौकी माग
नेकपाकै भीमबहादुर रावलले दार्चुलाका कालापानी, लिपुलेक तथा लिम्पुयाधुरा क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमणलगायत घटनालाई कूटनीतिक पहलमार्फत रोक्न सरकारको ध्यानाकर्षण गराए । उनले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सीमा सुरक्षाचौकी स्थापना गर्नका लागि तदारुकताका देखाउन माग गरे ।

सीमा सुरक्षा सर्वाधिक प्राथमिकतामा पर्ने भएकाले उल्लेख्य बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । भारतीय फौजको उपस्थिति हटाउन भारतलाई पत्राचार गर्न पनि उजले आग्रह गरे । प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्ने र असमान सन्धिसम्झौता पुनरवलोकन गर्ने सम्बन्धमा सदनलाई जानकारी गराउन उनले सरकारसँग माग गरे । नागरिकता विधेयकलाई अविलम्ब अघि बढाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका गगनकुमार थापाले जनचासोका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताए । ‘प्रधानमन्त्री सदनमा आउनुपर्छ’, उनले भने, ‘उहाँले प्रतिपक्षको प्रश्नको सामना गर्नुपर्छ ।’ सांसद थापाले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनका लागि ‘रुलिङ’ गर्न सभामुखको ध्यानाकर्षण गराए । भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने प्रधानमन्त्रीको अभिव्यक्ति व्यवहारमा नदेखिएको आरोप पनि उनले लगाए ।

(Visited 198 times, 1 visits today)
Loading comments...

आजको समाचार

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

सेयर बजारमा नयाँ उत्साह, २० अंकले बढ्यो नेप्से

काठमाडौं । नयाँ वर्षलाई नेपाली सेयर बजारले सकारात्म सन्देश दिएको छ । नेप्से सूचकका साथमा कारोबार रकम समेत बढेपछि लगानीकर्ता उत्साहित भएका छन् ।...

एउटै कार्यालयका चार कर्मचारीको दुर्घटनामा निधन भएपछि प्रशासन पाँच दिनका लागि बन्द

गुल्मी । प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना...

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से सूचक २७ सय विन्दु नजिक

काठमाडाैं ।  नयाँ वर्ष लाग्नै लाग्दा सेयर बजारमा चमक देखिएकाे छ । माइक्रोफाइनान्स, बैंक, विकास बैंक, निर्जीवन बिमा लगायतका समूहमा चमक देखिएको छ । ...

नेप्से सूचक हालसम्मकै उच्च बिन्दु २ हजार ६७४ मा

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले विगतका सबै रेकर्डलाई तोड्दै यो साता सेयर बजारले ऐतिहासिक सफलता हासिल गरेको छ । गत...

ट्रेन्डिङ

प्रदेश १ मा थपिए ३३० जना कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा मंगलबार ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । संक्रमितहरु मध्ये...

दैलेखको राकम मेगासिटी शहरमा १ सय शैयाको ट्रमा सेन्टर अस्पताल बनाईने

दैलेख । मेगासिटी शहरको लागि प्रस्तावित दैलेखको आठविस नगरपालिकाको राकममा १ सय शैयाको ट्रमा अस्पताल सेन्टर बनाईने भएको छ । अस्पताल निर्माण र सञ्चालनका...

सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

काठमाडौँ । बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी)मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरु गरेको...

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

सुनाम, कुनाम वा बदनाम कुन रोज्ने ?

नामका पनि भेद छन् : कुनाम, सुनाम र बदनाम । जीवनकालमा समाज र राष्ट्रका लागि भलाइ हुने काम गर्ने व्यक्ति वा व्यक्तित्व प्रशंसनीय हुन्छन्...

कोरोना कोषमा रकम अभाव, सकियो २ अर्ब ४५ करोड

काठमाडौं । कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गठन गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम अभाव भएको छ । कोरोना महामारी...

काठमाडौंमै बर्डफ्लु, मासु राम्रोसँग पकाएर खान चिकित्सकको सुझाव

काठमाडौं । काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८)...

पशुपतिको फुलपाती बिक्री गर्ने स्थानमा रुख ढल्यो, टहरामा क्षति

काठमाडौँ । पशुपति क्षेत्र परिसरको फुलपाती बिक्री गर्ने स्थानमा रुख ढलेको छ । पशुपतिमा भक्तजनहरुलाई दर्शन र पुजा गर्न बन्द गरेता पनि आज साउनको...

थप व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा ७०० भन्दा बढीको परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको जनाएको छ । ...

पत्रकार महासङ्घको कार्यकाल छ महिना थप

काठमाडाैं । नेपाल पत्रकार महासङ्घको कार्यकाल छ महिना थप गरिएको छ । जुम वेविनारबाट आज सम्पन्न महासङ्घको राष्ट्रिय भेलाले केन्द्रीय समितिको तीन वर्षे कार्यकाल...

सिरहा कारागारका ५०७ कैदी बन्दीमा कोरोना संक्रमण

सिरहा । सिरहाको कारागार कोरोना संक्रमणको केन्द्र बनेको छ । कारागारमा रहेका ५ सय ९७ मध्ये ५ सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको...

झन्डै १७ हजार कर्मचारीलाई जरिमाना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १६ हजार ७ सय ४८ जना सार्वजनिक पद धारण गरेका व्यक्ति र कर्मचारीलाई ५ हजारका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)