विप्लव कार्यकर्ताद्धारा मारिएका शिक्षकको शब धरान लगियो

सांकेतिक तस्वीर

दमक । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको कार्यकर्ताद्धारा मारिएका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मंगलबार मोरङको मिक्लाजुङ १ रमितेखोलास्थित बर्खे गाउँमा घरबाटै अपहरणमा परेका श्रेष्ठको हत्या भएको थियो ।

अपहरणपछि घरबाट करिब एक किलोमिटर दुरीमा रहेको जंगलमा लगेर दुबै हात पछाडी बाँधेर शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । मृतकको शव पोष्टमार्टमका लागि धरान पठाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन् । स्थानीयले हतियारसहित आएका चार जनाले शिक्षक श्रेष्ठलाई लगेको देखेको बताएका छन् । मंगलबार विहान करिब ७ बजेतिर घटना भएको विकट घटनास्थलमा प्रहरी टोली दिउसो मात्र पुगेको थियो । घटनास्थल पुगेर मोरङ प्रहरीले मुचुल्का उठाएर ५४ वर्षीय श्रेष्ठको शव पोष्र्टमार्टमको लागि पठाएको हो ।

मोरङ प्रहरीका डिएसपी मानबहादुर राईको नेतृत्वमा घटनाको ६ घण्टापछि २ बजेतिर प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यस्तै एसपी सन्तोष खड्का नेतृत्वको अर्को टोली र प्रदेश प्रहरी कार्यालयको टोली पनि घटनास्थलमा गएको छ ।
श्रेष्ठको हत्यापछि स्थानीयलाई तर्साउन सो समूहले हवाइफायर गरेको अनुमान गरिएको छ । यसअघि स्थानीयले गोली चलेको आवाज सुनेको आधारमा शिक्षकको हत्या गोली प्रहारबाट भएको जानकारी प्रहरीलाई दिएका थिए ।

मिक्लाजुङ क्षेत्र चन्द समूहका कार्यकर्ताको ‘सेल्टर’ नै बनेको छ । चन्दका कार्यकर्ताले गत वर्ष माघमा रमितेमा तीन दिन ‘सैन्य अभ्यास’ गरेको त्यस क्षेत्रका जनप्रतिनिधि बताउँछन्

अपहरण गरेको एक घण्टाभित्रै श्रेष्ठको हत्या भएको प्रराम्भिक चरणको अुसन्धानले देखाएको घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले बताए । ‘४/५ जनाको समूहमा आएका व्यक्तिले शिक्षक श्रेष्ठलाई घरदेखि लिएर जंगलतिर लिएर गए,’ प्रत्यक्षदर्शीले प्रहीलाई दिएको बयान उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘घरदेखि उठाएर लगेको एक घण्टापछि ८ देखि साढे ८ बजेको बिचमा रक्ताम्मे अवस्थामा शव देखियो ।’ मिक्लाजुङ पाँचथर, इलाम र धनकुटाको सिमानामा पर्ने मोरङको विकट पहाडी क्षेत्र हो । त्यहाँ विप्लव समूहले पहिलेदेखि नै गतिविधि बढाएका थियो । हालको मिक्लाजुङ गाउँपालिका–१ साबिकको सिंगो रमिते खोला गाविस हो ।

रमिते विप्लव समुहकाे पकड क्षेत्र

रमितेको सिमाना इलाम र धनकुटासँग जोडिएको छ । भौगोलिक बनावट र सुरक्षा निकायको उपस्थिति नजिकै नभएकाले मिक्लाजुङको माथिल्लो भाग रमिते क्षेत्रमा चन्द समूहको गतिविधि बढ्दो छ । रमितेमा सुरक्षाकर्मी करिब ३० किलोमिटर टाढा उर्लाबारीबाट पुग्नुपर्छ । रमितेमा सुरक्षा निकाय र सरकारको उपस्थिति नभएकै कारण चन्द समूहको गतिविधि हरेक दिन बढ्दै गएको एक जनप्रतिनिधिले बताए । उनीहरूले यस क्षेत्रका हरेक जनप्रतिनिधि र विकास निर्माणका ठेकेदारसँग चन्दा माग्ने र नदिए धम्की दिने गरेको सो क्षेत्रका प्रदेश साँसद कुलबहादुर साम्बा बताउछन् । उनका अनुसार मिक्लाजुङ क्षेत्र चन्द समूहका कार्यकर्ताको ‘सेल्टर’ नै बनेको छ । चन्दका कार्यकर्ताले गत वर्ष माघमा रमितेमा तीन दिन ‘सैन्य अभ्यास’ गरेको त्यस क्षेत्रका जनप्रतिनिधि बताउँछन् । उक्त अभ्यास सकिएलगत्तै शर्मा एन्ड भीमेश्वर निर्माण कम्पनीका तीनवटा एक्स्काभेटरमा उनीहरूले आगजनी गरेका थिए ।

मिक्लाजुङमा विप्लव समूहको सैन्य गितिविधि तीव्र भएको सूचनापछि प्रहरीले गत कात्तिक १२ गते दुई जनालाई हतियारसहित पक्राउ गरेको थियो । प्रहरीले चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भनिने काँशीनाथ घिमिरेलाई पक्राउ गरेकोमा उनीहरुलाई पक्राउ गर्न सहयोग गरेको आरोपमा श्रेष्ठको हत्या गरेको प्रहरी स्रोतको भनाइ छ ।

शिक्षककाे मृत्युले गाउँ शोकसँगै त्राशमा

अगुवा कृषक र समाजसेवीको पहिचान बनाएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको घरबाट अपहरण गरि हत्या गरेपछि गाउँ नै शोकमा डुबेको छ । सबैसँग मिलसार सहयोगी र गाउँमा विकासका पूर्वाधारका लागि सक्रिय प्रधानाध्यापक श्रेष्ठ निधनले जति दुखी बनायो , हाल त्यति नै त्रसित बनाएको स्थानीयको भनाई छ ।

हाल जिल्ला प्रहरी मोरङको टोलीले सुरक्षा दिएपनि प्रहरीहरु गएपछि यहाँको स्थिती कस्तो होला भन्ने त्रासमा छन् । मंगलबार विहानै राजेन्द्रले मदनको घरमा रहेको पसलमा आएर रिचार्ज कार्ड किनेर फर्किएका थिए । त्यसको केहि समयपछि उनको अपहरण भएकोमा करिब एक घण्टापछि गाउँलेले घरनजिकैको जंगलमा विभत्स अवस्थामा शव भेटेका थिए । ‘उहाँलाई रिचार्ज कार्ड दिएपछि म गाईबस्तु सार्न थालेँ,’ मदनले भने, ‘त्यतिबेला अज्ञात समूहले लगेको जानकारी आएपछि ४–५ जना भेला भएर खोज्न गयौं ।’ जंगलमा जाँदा विभत्स अवस्थामा शव भेटिएपछि गाउँ नै शोकमा डुबेको उनको भनाइ छ ।

सरकारी उदासिनताकाे परिणाम

सामाजिक काममा सक्रिय रहने श्रेष्ठको हत्याले गाउँलेलाई स्तब्ध र त्रसित बनाएको छ । सुरक्षा र सञ्चारको पहुँचबाट टाढा रहेको सो क्षेत्रका बासिन्दा भयभित देखिन्छन् । सरकारकै कमजोरीका कारण मिक्लाजुङमा प्रअ श्रेष्ठको हत्या भयो मोरङ क्षेत्र नम्बर १ का प्रदेश सांसद् कुशल साम्बाले सरकारको कमजोरीकै कारण मिक्लाजुङमा प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएको बताएका छन् । सांसद् साम्बाले रमितेमा सशस्त्र प्रहरीको पोष्ट स्थापना गर्न सबै पक्रिया पुर्याएर गृह मन्त्रालयसम्म फाईल पुग्दा पनि कार्यान्वयन नहुँदा यस्तो घटना भएको बताए । मिक्लाजुङ – १ को रमितेमा प्रहरी प्रशासनको उपस्थिति नहुँदा यस्ता घटनाहरु हुँदै आएको साँसद साम्बाको भनाई छ । यसअघि पनि विप्लव समुहले स्काभेटरमा आगजनी गरेपछि सशस्त्र प्रहरीको पोष्ट स्थापना गर्न लागिएपनि सरकारले त्यसलाई गम्भिरताका साथ नलिँदा घटना घटेको उनले बताए । उनले प्रधानाध्यापक श्रेष्ठको हत्या जघन्य अपराध भएको बताउहुँदै तुरन्तै हत्यारालाई पक्राउ गर्न प्रहरी प्रशासनलाई दबाब दिने बताए । सांसद् साम्बा मंगलबार घटनास्थलमा समेत पुगेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोज साह मेयरमा निर्वाचित