हत्या अभियुत्त २७ वर्षपछि पक्राउ

भोजपुर । कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक ब्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ का ५३ वर्षीय मन केशर राईलाई पक्राउ गरेको हो ।

२०५० सालमा सोही गाउँपालिकाको वडा– ७ बस्ने २५ वर्षीय राजधन राईको हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले तीन वर्ष कैद फैसला गरेको थियो । प्रहरीले लुकीछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराए पश्चात कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईविरुद्ध परेको उजुरीका आधारमा अदालतले २०६१ सालमा कैद फैसला गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा काङ्ग्रेस विजयी