अभियुक्त भन्छन् : घरबार बिगार्न खोजेकाले कृषलाको हत्या गरेँ

 

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ६ मोहनपुरकी १७ वर्षिय किशोरी हत्यामा संलग्नहरुलाई प्रहरीले सोमवार सार्वजनिक गरेको छ । स्थानीय राजदेवी सामुदायीक वन समुहको रातमाटे खहरेखोलामा बिभत्स हत्या गरिएको अवस्थामा १७ वर्षिय कृषला चौधरीको शव भेटिएको थियो ।

हत्यामा संलग्न दुई जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गरि सार्वजजिक गरेको हो ।

सप्तरीको सुरुङ्गा नगरपालिका– १ का २७ वर्षिय उचितलाल सदा र २३ वर्षिय विषे सदाले हत्या गरेको प्रारम्भिक बयानमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) सुभाषचन्द बोहराले जानकारी दिए । उचितलाल सदाले आफनो घरबार कृषलाले बिगारेको आरोपमा हत्या गरिएको बताईएको छ । धेरै दिनको योजनापछि साउन १३ गते मोवाईलमा सम्र्पक गरि जंगलमा बोलाएर हत्या गरिएको सदाले दिएको बयान दिएका छन् । । १३ गते दिउसो ३ बजे बेपत्ता भएकी किशोरीको सोही राती साँढे १० बजे घर नजिकैको जंगलमा हत्या गरेको सदाद्धयले प्रहरी समक्ष बताएका छन ।

सदाले आफनो पहिलो घरबार बिग्रिएको र दोश्रो घरबार पनि कृषलाले बिग्रान लागेकाले मार्ने योजना बनाएको बताए । उचितलाल सदाका श्रीमति र मृतक कृषला चौधरी साथी साथी भएकाले उनले आफनो घरबार बिगार्न लागेकाले हत्या गर्नु परेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको १७ दिनपछि अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो । १३ गते घरबाट निस्किएको किशोरीको शब १९ गते घर नजिकैको राजदेवी सामुदायिक वनमा घाँस दाउरा लिन जानेले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

मृतकका बुवा प्रेमकुमार चौधरीले छोरी कृशला चौधरीको सामुहिक बलात्कारपछि हत्या गरिएको हुन सक्ने भन्दै दोषी पत्ता लगाई कडा भन्दा कडा कारबाहीको माग गरेको थिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
८१ वर्षीय रसिंह व्यञ्जनकारले वडा अध्यक्षमा दिए उम्मेदवारी