गाईजात्राको अवसरमा महाजात्रा घोषणा

काठमाडौं । चलचित्र ‘महाजात्रा’को निर्माण घोषणा गरिएको छ । यस चलचित्रका कलाकारहरूको सूची सार्वजनिकसँगै शनिबार निर्माण घोषणा गरिएको हो ।

गाईजात्राको अवसर पारेर महाजात्राको निर्माण घोषणा गरिएको यस चलचित्रका निर्माता एवं अभिनेता रवीन्द्रसिंह बानियाँले बताएका छन् । ‘गाईजात्राको अवसर पारेर हाम्रो चलचित्र महाजात्राको निर्माण घोषणा गरेका छौं, अब गाईजात्रापछि यस चलचित्रको छायांकन सुरु गर्नेछौं,’ निर्माता अभिनेता बानियाँले भने ।

यसअघि सफलता हाँसिल गरेको चलचित्र ‘जात्रा’ तेस्रो शृंखलाका रूपमा चलचित्र महाजात्रा निर्माण गर्न लागिएको पनि बानियाँले बताएका छन् । ‘जात्रा’ २०७३ सालमा प्रदर्शन भएको थियो भने यसको सिक्वेल (जात्रै जात्रा) २०७६ सालमा रिलिज भएको थियो ।

जात्राका चार कलाकारहरू विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउतसँगै यस चलचित्रमा कलाकार हरिवंश आचार्य पनि थपिएका छन् । जात्रै जात्राका अभिनेता दयाहाङ राई भने यस चलचित्रमा कुन भूमिकामा रहन्छन् भन्ने’bout निर्माण पक्षले खुलाएको छैन ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको निर्मातामा म्याक्स दीपेश खत्री र यत्रश्वर पौडेल छन् भने कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

निर्माण पक्षले एउटा ट्रकको पछाडिको भागलाई चित्रित गरिएको पोस्टर सार्वजनिक गर्दै यस चलचित्रको निर्माण घोषणा गरेको हो । यस चलचित्रलाई आगामी ९ चैतमा रिलिज गरिने पनि निर्माण पक्षले जनाएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा यो चलचित्र निर्माण हुँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जन्तेढुङगा गाँउपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका राई निर्वाचित