नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदी फरार

नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदीबनदी फरार भएका छन् । बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलमा रहेका कैदीमध्ये १८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन् । सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारी हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए।

प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरूले रकेटबाट फ्याँक्न सकिने ग्रिनेड, स्वचालित बन्दुक, विस्फोटक पदार्थ र राइफल बोकेका थिए । राष्ट्रपति मुहम्मद बुहारीले आक्रमणलाई ‘अराजकतावादीहरूले’ गरेको ‘आतङ्कवादको कार्य’ भनेका छन् । उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन्।

द इन्डीजीनीएस पीपल अफ बीयाफ्राका एकजना प्रवक्ताले समाचार संस्था एएफपीलाई सोमवारको आक्रमण पछाडी उक्त समूहको हात रहेको विषय ‘झुटो’ रहेको बताएका छन् । ज्यानुअरी महिनादेखि दक्षिण–पूर्वी नाइजेरियाका कैयौँ प्रहरी कार्यालय र सवारीसाधनमा आक्रमण गरिएको छ र ठुलो परिमाणमा गोलीगठ्ठा चोरी गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको मदानेमा अध्यक्षमा १० मतान्तरले गठबन्धनका उम्मेदवार विजयी