प्रचण्ड अचानक प्रधानमन्त्री ओलीको गृह नगरमा

फाइल तस्वीर

दमक । नेकपा दाहाल-­नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्ध लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिराटनगरमा हुने सभालाई सम्बोधन गर्न जाने क्रममा झापाको दमकमा कार्यकर्ताहरुसंगको भेटघाटमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको कदमप्रति गाउँगाउँबाट बिराध गर्न आग्रह गरे ।

पार्टी राजनीतिक रुपमा बिभाजन भएपछि पहिलो पटक प्रधानमन्त्रीको गृहनगर दमक आएका प्रचण्डलाई कार्यकर्ताले स्वागत गरेका थिए । नेकपाका नेता रबी बस्नेतले प्रचण्ड बिराटनगरमा हुने कार्यक्रममा सहभागी हुन भद्रपुर बिमानस्थल हुँदै दमक आएका जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा १७ जना विरुद्ध उजुरी