शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

बुलिङका आयाम र सीमा

1 year ago
23/09/2018

बुलिङका आयाम र सीमा

पराशर रिजाल

गत साता कन्चनपुरकी १३ बर्षिया वालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरण छानबिन समितिका एक जना सदस्यले अपराधिबाट हत्याको धम्कि आएको भनि आफ्नो जिबनको रक्षाको माग गर्दै राजिनामा गरे । भोलिपल्टै फिर्ता लिए ।
छोरी चेलीहरु दिन दहाडै बलात्कृत र हत्या हुनु, राज्यका सुरक्षा अंग जस्ता संबेदनशिल र जिम्मेवार ठाउँमा रहेका व्यक्तिहरु नै शंकाको घेरामा पर्नु, अनि अपराधिको डरले अनुसन्धान नै गर्न हिच्किचाउने अवस्था आउनु गम्भिर कुरा हो ।
संख्यामा यस्ता घटना थोरै भए पनि यसले समाजमा भित्र भित्रै ठुलो आतंक सिर्जना गरेको छ । सुरक्षा व्यवस्था चुस्त हुँदा हुँदै पनि यस्ता घटना घर भित्र, बाटो घाटो जहिँ पनि र जहिलेसुकै घट्न सक्ने भएको हुँदा निरुत्साहित गर्न यस्ता अपराधिहरुलाई मृत्युदण्ड सम्मको कानुन बनाएर सजायँ दिइनु पर्छ भनेर समेत सर्बत्रबाट माग भैरहेको छ ।

कसैलाई दबाबमा पारेर आत्मनिर्णय र स्वतन्त्र गतिबिधि गर्न नसक्ने स्थितिमा पुर्याउनु एक किसिमको बुलिँग हो । भौतिक आक्रमण, मौखिक त्रास, सामाजिक अबहेलना, साइबर अफबाह आदिबाट बुलिँग गर्ने गरिन्छ ।
व्यक्तिले गर्ने बुलिँग, समुहले गर्ने बुलिंग, राजनीतिक पार्टीले गर्ने बुलिँग, संगठित संघसंस्था बिद्यार्थी संगठन, कर्मचारी संगठन आदिले नागरिक र राज्यमाथि गर्ने विभिन्न ढंगको दबाब प्रयास आदि बुलिँग नै हो ।
नेपाल बन्द भन्दै आफ्नो माग पुरा गराउन बिभिन्न समुहले गर्ने गतिबिधिलाई पनि बुलिँग नै मान्नु पर्ने हुन्छ । आफ्नो अधिकार क्षेत्र बाहिर गएर र शक्तिको दुरुपयोग गरेर राज्यले गर्ने ज्यादति वा दिेने त्रासलाई कानुनी भाषामा अख्तियारको दुरुपयोग आदि भनिए पनि यो एक ढंगको बुलिङ नै हो ।

यस्तो बुलिँग राज्यका बिभिन्न अंगहरुबिच नै पनि हुन सक्छ । त्यसरी नै बलिया राष्ट्रले बिभिन्न किसिमका त्रासबाट कमजोर राष्ट्रलाई आफुले भने बमोजिम निर्णय गर्न बाध्य गराउनु पनि बुलिँग नै हो ।
छिमेकी राष्ट्रको बुलिँगले हाम्रो आन्तरिक व्यवस्थापन र बाह्य कुटनिति दुवैमा असर पुगिरहेकै छ भन्दा अत्युक्ति हुँदैन । यस अवस्थामा राज्यले कुटनीति संचालनमा संतुलन कायम गर्न बढि साबधानी अपनाउनु पर्ने देखिन्छ । सहयोगको नाममा फेरि पनि प्रत्यक्ष, अप्रत्यक्ष बाह्य शक्ति जम्जमाउन सक्छन् ।
साँसदहरुलाई तालिम दिने नाममा, प्रकोप नियन्त्रणको नाममा वा द्धन्द व्यवस्थापनको नाउँमा आइएनजिओ मार्फत छिमेकी र बिदेशी शक्ति राष्ट्रहरुको पहुँच अहिले पनि देशमा भित्रि तहसम्मै कुनै न कुनै ढंगले पुगिरहेको देखिन्छ । यसलाई चाहेर पनि आफ्नो इच्छा अनुसार उपयोग गर्न सकिएको छैन । यसरी हेर्दा आज बुलिँग सर्बत्र हाबी भएको छ र यसलाई बुद्धिमानी ढंगले ट्याकल गर्नु पर्ने देखिन्छ ।

देशको आवस्यकता धेरै भए पनि प्राथमिक कुरा भनेको शान्ति सुरक्षा हो । विगतमा राजनीतिक बुलिँगले सुरक्षा व्यवस्थालाई निरन्तर थ्रिट गरिरहन्थ्यो । नयाँ संबिधान बनेर स्थायी सरकार आईसकेपछि पनि केही बलात्कार, हत्याका घटना र त्यसका अपराधिहरु पहिचान नहुनाको कारण नयाँ थे्रट देखिन्छ ।
यस्ता घटना बिगतमा पनि नभएका होइनन् । तर त्यसबेला यस्ता घटनाहरु धेरैजसो गुपचुपमै मिलाउन पिडित पक्ष मजबुर थिए । आज नयाँ व्यवस्थाले यस्ता अन्यायलाई सतहमा ल्याइदिएको कारण यसले सर्बत्र सनसनाहट पैदा गरेको छ ।
राज्यले अपराधिलाई अपराध बोध एबं पश्चाताप गराउने किसिमले सजायँ दिने र पिडित पक्षलाई न्याय पाएको अनुभुति दिलाउने ढंगले यथासमयमा बुद्धिमत्तापुर्ण निर्णय गर्न गराउन सक्नुपर्छ ।
जनता चाहन्छ बिहान देखि रात्रीसम्म उसको हरेक काममा कुनै असुरक्षाको अवस्था र अनुभुति नआओस् । एउटाको कारणले अर्काले दुख पाउने अवस्था पनि नहोस् । आफ्नो कारणले अर्कालाई दुःख पीर नपरोस् । यस ढंगले सामाजिक जिवन, ऐन, नियम, कानुनको प्रबन्ध, तर्जुमा होस् । तर अहिले एकातिर कार्यालयहरुमा घुसखोरी र ढिलासुस्तिले जनता सताईएका छन् भने अर्काेतर्फ समाजमा बुलिङ प्रबृत्ति कायम छ ।

कसैलाई दबाबमा पारेर आत्मनिर्णय र स्वतन्त्र गतिबिधि गर्न नसक्ने स्थितिमा पुर्याउनु एक किसिमको बुलिँग हो । भौतिक आक्रमण, मौखिक त्रास, सामाजिक अवहेलना, साइबर अफबाह आदिबाट बुलिँग गर्ने गरिन्छ ।

भावनाबाट, बचनबाट, शारिरीक, साईबर सबै खालका बुलिँगहरु समाजमा व्याप्त छन् । यसमा निमुखाहरु बुलाहाहरुको धम्कि र अन्यायबाट जहिले पनि त्रसित हुन्छन् । दैनिक जिवनमा यो प्रष्ट देखिन्छ ।
गाडी चलाउने ड्राइभरहरुबीच पनि बुलिँग हुने गर्छ ठुला गाडिले साना गाडीहरुलाई पेल्ने, माइक्रोबस, मिनिबस र ठुला बस र अन्य गाडिहरुमा पनि बुलिँग प्रबृत्त देखिन्छ । गाडिमा चढ्दा देखि कार्यालयमा काम लिँदा होस् वा अन्यत्र कतै सेवा सुबिधा लिँदा होस् बुलाहाहरु नै सबैभन्दा अगाडि हुन्छन् ।
बुलिँग युवा उमेर, स्कुल, कलेजमा त सामान्य जस्तै भैरहेको देखिन्छ । मठ मन्दीर परिसरमा समेत बुलाहाहरुकै हालिमुहालि हुन्छ । अपाँगहरुमाथि झन् ठुलो बुलिँग छ । सडक बाल बालिकामा समेत बुलिँगबाट सताईन्छन् । महिलाहरुमाथि बुलिँग भएर पाइला पाइलामा दुर्व्यवहार हुन्छ, बोक्सी, छाउपडिको आरोप लगाएर समाजमा काढिन्छ । थाहै नपाई बुलिँग एउटा सामान्य संस्कार र मान्यताकै रुपमा सर्बत्र जरा गाडेर रहेको देखिन्छ ।
शारिरिकरुपमा बलियाले कमजोरलाई, बलिया छिमेकीले निर्धा छिमेकीलाई, धनिले गरिबलाई, कार्यालयमा पुराना र माथिल्ला तहका कर्मचारीले नयाँ र तल्ला तहकालाई, राज्यशक्तिमा रहेकाहरुले सर्बसाधारणलाई धम्क्याउने गरेको पाईन्छ ।
पुलिस सेना भित्रै पनि बुलिंग प्रबृत्ति प्रसस्त मात्रामा छ । जनता कतिसम्म निराश छन् भने इमान्दार भएर र राम्रो काम गरेर जीवनमा कहिल्यै सुख शान्ति पाईएला, प्रगति होला भन्ने कुनै आशा, विश्वास नै छैन । राज्यले दिने उच्च सम्मान, पुरस्कार, अलंकार, विभुषण बितरणमा पनि बुलिङ र चाकरी प्रबृत्ति देखिन्छ ।

ठेक्का पट्टामा पुरै बुलिँग र दादागिरी हुन्छ र मुख्य डनले ठेक्का प्राप्त गर्छ । समाजका पैसा, पद र शक्तिमा रहेकाको सर्बत्र एकाधिकार देखिन्छ । त्यहि व्यक्ति नेता मंत्रीको वरिपरि घुम्छ । उस्ले चाकडी गर्छ उ नै पुरस्कृत हुन्छ । कालान्तरमा उ आफैं नेता हुन्छ । बुलाहाहरुबाट पानी छोएको, मन्दिर भित्र प्रवेश गरेको भनेर ‘तल्लो ’ जातिलाई दबाइन्छ ।
घर घरमा बुलिँग छ । दहेज नल्याएको निहुमा बुलाहाहरुबाटै महिलाहरुलाई घरबाट निकालिन्छ । बुहारी, श्रीमतिलाई जिउँदै जलाईन्छ । कतिपय महिलाहरु आफ्नै लोग्नेबाट प्रत्येक साँझ बिहान कुनै न कुनै निहुबाट कुटिन्छन् । यस्तो परिस्थितिले जनतालाई इमान्दार बन्न र राम्रो काम गर्न कसरी प्रेरणा मिल्छ ? इमान्दारलाई राज्यले, समाजले सबैले पुज्छन् र उच्च सम्मान गर्छन् फटाहाले ठाउँको ठाउँ उम्किन नपाई थुचुक्कै बस्ने गरि सजायँ पाउँछन् भन्ने विश्वास सिर्जना गर्न सक्दा मात्र समाज राम्रो काम तर्फ आकर्षित र अग्रसर हुन्छ ।

अहिलेको परिस्थितिले जनतालाई असल र इमान्दार हुन उत्प्रेरित गरिरहेको छैन । “धेरै सोझो हुुनु भन्दा टेढिनु छ फलाधिक” भन्ने कविताको शिर्जना बिना आधार त्यसै भएको होइन । धेरै अघि सिर्जना भएको भए पनि हाम्रो सन्दर्भमा यो कबिता कालजयी जस्तै भएको छ ।
अहिलेको समाजको मान्यता पनि यस्तै छ । यो वाताबरण र विश्वासले जनता असल बन्ने मार्गमा भन्दा अलि टेढोमेढो बाटो तर्फै हिँड्न प्रयत्नशिल छ । यस बाटो बाट हिँडेर सभ्य र समाजबादी बाटोमा कसरी पुगिन्छ ? सुन्दर नेपाल निर्माण कसरी संभब हुन्छ ?
बुलिँग प्रबृत्तिलाई ठाउँको ठाउँ निरुत्साहित गर्न राज्य कडारुपमा प्रस्तुत हुनै पर्छ । राज्यको उपस्थिति देखाउन समाजमा जुनसुकै बेला निर्धा निमुखा सबैलाई निर्धक्कसाथ हिँड्ने बोल्ने र आर्थिक, सामाजिक र साँस्कृतिक गतिबिधिहरु गर्ने बाताबरण रहनु पर्छ । नियतबस कानुनको बर्खिलाप गर्नेलाई कति पनि माफि मिनाहा हुँदैन र त्यस्तालाई तत्काल ठाउँको ठाउँ कार्बाहि हुन्छ भन्ने भएमा बुलाहाहरु स्वतः निरुत्साहित हुन्छन् ।
सबै खाले अपराधिहरुलाई कानुनको कठघरामा बिना मोलाहिजा ल्याउन सक्नु पर्छ ता कि कुनै पनि अपराधिलाई माटो मुनि लुके पनि उम्कन सकिने छैन भन्ने प्रत्याभुति होस् । कानुन देखाउन मात्र बनाइएको होइन त्यसको व्यवहारिक उपयोगिता र औचित्यता हुन्छ ।

यो कुरा पुष्टि गर्न पनि आवस्यक समयमा कानुनको निर्ममतासाथ प्रयोग गर्नै पर्छ । यसो गर्दा यदि यो उपयोगी सिद्ध भएमा त्यसले समाजलाई फाइदा पुग्छ र नभएमा संसोधन गरी परिमार्जन गर्न बाटो पनि प्रसस्त हुन्छ ।
जनता भाषा, धर्म, जाति, लिंग, भौगोलिक आदि विभिन्न कारणबाट शक्तिशाली भनिएका व्यक्ति, समुह, समुदाय आदिबाट कमजोरहरु भिन्न भिन्न किसिमका बुलिँगमा परिरहेकाका हुन सक्छन् ।
अपराधिक समुह, भुमिगत गिरोह, आतंकवादी बुलिङबाट जनता सताइएका हुन सक्छन् । उनीहरुलाई निर्भय र स्वतन्त्रतापुर्वक जीवन यापन गर्न अपराधिहरुलाई यथाशिघ्र कानुनको कठघरामा ल्याउन सक्नु पर्छ । बुलिँग र अपराधिक गतिबिधि मानव सभ्यताको कलंक हो भन्ने कुरा सबैलाई बोध गराउन सक्नु पर्छ ।

[email protected]

(Visited 36 times, 1 visits today)
Loading comments...