शुक्रवार २९ कार्तिक, २०७६ (Friday, 15th November 2019)
२९ कार्तिक, २०७६ (15 November 2019)

बजार व्यवस्थापन गर्न निर्देशन

1 year ago
29/09/2018

राजधानी समाचारदाता /काठमाडौं  ।
उद्योग, वाणिज्य ताथ आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सम्बन्धित निकाय र व्यापारीलाई बजार व्यवस्थित गर्न निर्देशन दिएका छन् । शुक्रबारदेखि राजधानीमा सूरु भएको सुपथ मूल्य पसल उद्घाटनको क्रममा मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् ।
दसैं, तिहार तथा छठ पर्वलाई लक्षित सुरु भएको सुपथ मूल्य पसल उद्घाटनमा उनले सुपथ मूल्य पसलको नाममा खाद्यवस्तुमा गडबढी नगर्न निर्देशन दिएका थिए । साथै कसैले व्यापारीले सुपथ मूल्यका तोकेभन्दा बढी लिएको र मिसावट भेटिएमा उपभोक्ता ऐनबमोजिम कारबाही गर्ने बताए । साथै उपभोक्तालाई उजुरी गर्नसमेत अपिल गरेका थिए । उजुरी गर्ने कुनै उपभोक्तालाई नडराउनु सधै सरकार उपभोक्ताको साथ दिने बताए ।
यस्तै उक्त कार्यक्रममा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकले कडाइका साथ अनुगमन हुने बताए ।
दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल शुक्रबारदेखि सञ्चालन भएर कार्तिक २७ गतेसम्म सञ्चालन हुनेछन् । यस्तै नेपाल खाद्य संस्थानका विभागीय प्रमुख प्रकाशबहादुर केसीले खसिबोकामा प्रतिकेजी १० रुपैयाँ छुट हुने बताए । यस्तै चालम १० रुपैयाँ छुट भएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै साल्ट्रेडिङका तर्फबाट उर्मिला केसीले चिनीमा ५ र नुनमा २ प्रतिशत छुट भएको बताइन् । साल्ट्रेडिङको चिनी प्रतिकेजी ७८ खुद्रा मुल्यमा छुट गरी ६७ रुपैयाँ निर्धारण भएको साल्ट्रेडिङले बताएको छ ।
साल्टट्रेडिङ कर्पाेरेसनले काठमाडौंस्थित कार्यालयअन्तर्गत नौ स्थान र तीनवटा घुम्ती सेवा पसल तथा त्रिशूली बिक्री डिपो सञ्चालन गर्नेछ । साथै कर्पाेरेसनको २२ वटा कार्यालयसहित ३६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
नेपाल खाद्य संस्थानमा सानो मन्सुली चामल प्रतिकेजी ५ रुपैयाँ छुट, जिरा मसिनोमा ५ रुपैयाँ छुट, बास्मती चामल १० रुपैयाँ, गोरखनाथ चामलमा १० रुपैयाँ, जापानिज चामलमा ५ रुपैयाँ, जुम्ली सिमी र तिते फापरमा प्रतिकेजी १० रुपैयाँमा छुट दिइने संस्थाले बताएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिलिटर ५० पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट दिने भएको छ । साथै अन्य दुग्धजन्य वस्तुमा पनि छुट दिएको संस्थाले जनाएको छ ।

(Visited 13 times, 1 visits today)
Loading comments...