शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

अमेरिकी मध्यावधि निर्वाचनमा मतदान सुरु

एजेन्सी
1 year ago
06/11/2018

‘ट्रम्पका लागि जनमत संग्रह बराबर’

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनका लागि मतदातासँग मत माग्दै रिपब्लिकन पार्टीलाई पुनः बहुमत दिन आग्रह गरेका छन् ।

ट्रम्पले अमेरिकी राष्ट्रपतिका रुपमा दुई वर्ष बिताएपछि भएको यो मतदानलाई ‘ट्रम्प प्रशासनका लागि जनमत संग्रह’ का रुपमा लिइएको छ ।

निर्वाचन प्रचारका लागि भएका तीनवटा अन्तिम र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले प्राप्त गरेका सबै उपलब्धि भोलिको साझेदारीका लागि हुन् ।’

ट्रम्पको चार वर्षे कार्यकालको आधा अवधि सकिएपछि भएको यो निर्वाचनले आगामी दुई वर्ष उनले कति प्रभावकारी रुपमा काम गर्न सक्नेछन् भन्ने कुराको पनि टुंगो लगाउने छ ।

किनकि ट्रम्पसँग उनका समर्थकहरुको ठूलो आशा राखेका छन् । मंगलबार सुरु भएको मतदानमा अमेरिकी जनताले तल्लको सदन प्रतिनिधि सभाका ४ सय ३५ र माथिल्लो सदन सिनेटका १ सय मध्ये ३५ सिटको टुंगो लगाउनेछन् ।

यस्तै अमेरिकाका ५० राज्यमध्ये ३६ वटामा गर्भनर पनि चुनिनेछन् ।

पछिल्ला दिनमा राष्ट्रपति ट्रम्पले कतिपय विवादित मुद्दामा असन्तुलित अभिव्यक्ति समेत दिएका छन् । डेमोक्रेटिक पार्टीको निर्वाचन अभियानमा बोल्दै पूर्वराष्ट्रपति बाराक ओबामाले अमेरिकाको विशेषता मतपत्रमा रहेको बताएका छन् । उनले यो निर्वाचन अमेरिकी जनताको जीवनकालमा महत्वपूर्ण हुनसक्ने टिप्पणी पनि गरेका छन् ।

यो निर्वाचनले अमेरिकी कंग्रेसमाथि कसको नियन्त्रण हुन्छ भन्ने पनि फैसला हुनेछ । रिपब्लिकन पार्टीले दुवै सदनमा जित हासिल गरेमा राष्ट्रपति ट्रम्प अनुकुल एजेन्डा निर्माण गर्न सक्नेछ ।

तर डेमोक्रेट पार्टीले दुईमध्ये एकमा वा दुवै सदनमा नियन्त्रण कायम गरेमा ट्रम्पका योजनालाई रोक्न वा उल्टाउन सक्नेछ ।

चुनावमा ३ करोड ४३ लाख जनताले यसअघि नै चुनावमा मतदान गरिसकेका छन् । तर, यो भन्दा बढीले मतदान गरिसकेको हुनसक्ने बताइएको छ । सन् २०१४ मा चुनावको दिनअघि २ करोड ७५ लाखले मात्रै मतदान गरेका थिए ।

(Visited 19 times, 1 visits today)
Loading comments...