बिहिवार १९ मंसिर, २०७६ (Thursday, 5th December 2019)
१९ मंसिर, २०७६ (5 December 2019)

फेरि रेडपान्डाको सिकार

राजधानी समाचारदाता
1 year ago
22/11/2018

 

इलाम । इलामको सन्दकपुर गाँउपालिकाको जमुनास्थित चोयाटारमा एउटा हाब्रे(रेडपान्डा) मृत अवस्थामा फेला परेको छ । मृत रेडपान्डाको पुच्छर र शरीरको केही भाग मात्र बाँकी रहेको अवस्थामा फेला परेको चोयाटार सामुदायिक वनका वन अधिकृत विशाल गुरुङले बताए । उनका अनुसार चितुवाले सिकार गरेको हुन सक्ने अनुमान गरिएको छ । घाँस काट्ने व्यक्तिले रेडपान्डालाई मरेको अवस्थामा देखेपछि सामुदायिक वनलाई खबर गरेर सामुदायिक वनको टोली घटनास्थल पुगेको थियो ।

इलाममा एक महिनाअघि कुकुरको सिकारबाट दुई वटा रेडपान्डा मरेका थिए । योसँगै इलाममा तीनवटा रेडपान्डा कुकुर र चितुवाको सिकार बनेका छन् । रेडपान्डा नेटवर्कको अध्ययनले नेपालका २३ जिल्लामा रेडपान्डा पाइने देखाएको छ ।

(Visited 12 times, 1 visits today)
Loading comments...