बिहिवार १९ मंसिर, २०७६ (Thursday, 5th December 2019)
१९ मंसिर, २०७६ (5 December 2019)

बजेट कार्यान्वयनको चौमासिक समीक्षा सरकार आफैं असन्तुष्ट

राजधानी समाचारदाता
1 year ago
22/11/2018

काठमाडौं।  बजेट कार्यान्वयनमा सरकार आफंैले असन्तुष्ट रहेको बताएको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको पहिलो चौमासिकको समीक्षामा सरकारले यस्तो स्वीकारोक्ति गरेको हो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा सरकारले यस्तो स्वीकारोक्ति गरेको हो ।

प्रधानमन्त्रीले बजेट र नीति तथा कार्यक्रममा भएका कार्यक्रमलाई छिटो कार्यान्वयन गर्ने तथा प्रथम चौमासिकमा पूरा हुन नसकेका लक्ष्यलाई अर्को चौमासिक समीक्षासम्ममा पूरा गर्न निर्देशन दिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । अर्थमन्त्री खतिवडाले भने, ‘अघिल्लो वर्षको तुलनमा ३८÷३९ प्रतिशत बढी खर्च भएको छ ।’ बजेट खर्चको वृद्धि राम्रो देखिए पनि सरकार नै सन्तुष्ट नभएको उनले बताए ।
सरकारले सबै मन्त्रालयमा चौमासिक समीक्षा गर्न सुरु गरेको छ । सो बैठकमा भौतिक पूर्वाधार, ऊर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र पुनर्निर्माण प्राधिकरणको बजेट कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको छ । सो छलफलमा मन्त्रीहरूले आफ्नो मन्त्रालयको बजेट खर्च हुन नसकेको बताएका छन् ।

(Visited 24 times, 1 visits today)
Loading comments...