शुक्रवार २७ मंसिर, २०७६ (Friday, 13th December 2019)
२७ मंसिर, २०७६ (13 December 2019)

साइपाल र सीसीआरसी सेमिफाइनलमा

राजधानी समाचारदाता
1 year ago
08/12/2018

काठमाडौं। साइपाल एकेडेमी र सीसीआरसी प्रथम हिमालय कप बाँस्केटबल प्रतियोगिताको प्लस टु सिनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश

गरेका छन् । साइपालले ह्वाइट हाउसलाई ५९–५७ को साँघुरो अन्तरले पराजित ग¥यो । साइपालको जितमा ग्याल्सेन लामाले २३ अंक योगदान गरे । पवन खत्रीको १३ अंकको सहयोगमा सीसीआरसीले हेराल्डलाई ६३–१३ ले सहजै हरायो ।

सिनियर ब्वाइजमै मोर्गनले केब्सलाई ६७–३६ तथा बागमतीले ज्ञान निकेतनलाई ६१–५१ ले पाखा लगाए । मोर्गनका नम बिसीले १० तथा बागमतीका सुरज सिग्देलले १५ स्कोर गरे । सेमिफाइनलमा मोर्गनको भेट साइपालसँग हुनेछ भने बागमतीले सीसीआरसीको सामना गर्नेछ ।

सिनियर गल्र्समा सिद्धार्थ वनस्थलीले काठमाडौं जेभियरमाथि १८–२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय ग¥यो । सिद्धार्थ वनस्थलीकी जल्जला मगरले ४ अंक जोडिन् । सेमिफाइनलमा सिद्धार्थ वनस्थलीको भेट स्किब्ससँग हुनेछ । अर्को सेमिफाइनल न्यु भिजन र ग्रामरबीच हुनेछ ।

जुनियर ब्वाइजको सेमिफाइनलमा आयोजक हिमालयले गौरीशंकर तथा स्किब्सले नवज्योतिविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

 

(Visited 12 times, 1 visits today)
Loading comments...