बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

न्युर्योक क्विन्स कम्युनिटी बोर्डमा ज्ञानल थापा नियुक्त

राजधानी समाचारदाता
10 months ago
13/04/2019

काठमाडौं।  संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको क्विन्स कम्युनिटी बोर्ड सदस्यमा ज्ञानल थापा नियुक्त भएका छन् । क्विन्सबोरो पे्रसिडेन्ट मेलिण्डा काजबाट नियुक्ति लिएका थापा यसअघि न्युयोर्ककै नेभरहुड एड्भाइजरी बोर्ड २ सदस्यमा नियुक्त भई उक्त बोर्डको सचिवको जिम्मेवारीमा पनि छन् ।
सन् २०१३ मा तेस्रो पटकको अमेरिका आगमनपश्चात न्युर्योकमा सपरिवार बसोबास गर्दै आएका थापाले राजनीतिसंगै व्यवसाय, सामाजिक क्षेत्रलाई समान रुपमा अघि बढाइरहेका छन् ।‘ जब मैले १ बर्ष अघि अप्रिल २०१८ मा नेभरहुड एड्भाइजरी बोर्ड २ मा पाइला राख्न सफल भए त्यसपछि मेरो आत्मवल अझ मजबुत भयो फलस्वरुप यो विन्दुसम्मको यात्रा मापन गर्न सफल भए“ । आवेदन दिने हजारौबाट छानिनु सम्पूर्ण हाम्रो समुदायका लागि गौरवको विषय हो । अझ यो नियुक्तले त मेरो नेपालदेखिको राजनीतिक मोहलाई अझै जगाई दियो’, थापाले भने ।

उनी डेमोक्रेटिक पार्टीतर्फबाट क्विन्सबोरो प्रेसिडेन्ट र काउन्सिल म्यानलगायतस“ग पार्टीका कार्यक्रमहरुमा निकट भएर काम गरिरहेका छन् । नेपालको क्रियाशिल राजनीतिलाई यहा“ आएर पुनः सुरुवात गर्ने अवसरको रुपमा लिएका थापाले नेपाली समुदायको अमेरिकन हुनुमा गर्ब गदर्छन् । सो पदमा पुग्नका लागि बरोभित्र बसोबास गर्ने सिटी कर्मचारीबाहेक सबै योग्य व्यक्तिहरुले आवेदन दिन पाउ“छन् । आवेदन दिने हजारौबाट छानिएपछि प्रेसिडेन्ट र काउन्सील मेनस“गको अन्तर्वार्तामा आफू योग्य भएको विश्वास दिलाउन सक्नु पर्छ । यो पदमा पुग्नका लागि राजनीतिक र सामाजिक कार्यको अनुभव र छवि महत्वपूर्ण हुन्छ ।
हजारौ नेपाली समुदाय बसोबास गर्ने न्युर्योक क्विन्स बरोमा हालसम्म नेपाली मुलबाट थापा सहित ५ जनामात्र यो पदमा पुग्न सफल भएका छन् ।

(Visited 145 times, 1 visits today)
Loading comments...