बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

नटवरलालले यसरी बेचेका थिए भारतको ताजमहल

एजेन्सी
7 months ago
19/04/2019

एक जमाना थियो । शासन पनि देशमा ठूलाठालुहरुले गर्दथे ।

भारतमा पनि कम्पनी सरकारको वरिपरि भारतीय उच्च घरानियाँहरुले तल्ला तहका शासन गर्दथे । सरकार भनेको जनताको होइन, जनतामाथि शासन गर्ने हाउँगुजी संयन्त्र थियो ।

सरकारमा बसेका ठूलाबडा स्वर्गबाट शासन गर्न आएका जस्ता हुन्थे र मानिन्थे पनि । सरकारको समीप र सरकारी सुविधाको पहुँचमा हुनु भनेको देउता हुनु जस्तै थियो । उनीहरुलाई जसले पनि विश्वास गर्दथे ।

कुरा सन् १९३० को दशकको हो । भारतमा एकजना महाठग नटबरलाल भन्ने मानिस थिए । उनले उच्च ओहदाका कर्मचारी, व्यापारी तथा धनाढ्यहरुलाई सजिलै मुर्गा बनाउने गर्दथे ।

उनको ठगी यति उच्च स्तरमा हुन्थ्यो कि जो कोही पनि सजिलै विश्वासमा पर्दथ्यो । उनको ठगीको मापन र सीमा नै थिएन । त्यसैताका, सन् १९२५ तिर, उनका समकालिन जस्तै थिए फ्रान्सका भिक्टर लस्टिङ भन्ने अर्को महाठग । अमेरिकाका धनाढ्यहरु पैसा पोका पारेर पेरिस घुम्न आउँदा लस्टिङको फन्दामा पर्दथे ।

लस्टिङले डलर नोट छाप्ने भाँडो भन्दै नक्कली यन्त्रहरु बेचेर खर्बौ डलर कमाए । उनले नयाँ नक्कली परिचय बनाएर पेरिसको गौरब मानिने ऐफल टावर एण्ड्रे पोइजन नाम गरेको विदेशीलाई बेचे । त्यसको केही वर्षपछि त्यही ऐफल टावर दुरुस्त सरकारी कागजपत्र बनाएर अर्को मानिसलाई पनि बेचे । ती महा ठगले ऐफल टावर दुईपटक बेचे ।

अचम्मको कुरा त के थियो भने पेरिसममा भएको धूर्त भिक्टर लस्टिङ जस्तै इण्डियामा पनि नटवरलाल भन्ने अर्को धूर्त थिए । यी त झन् यति महाधूर्त थिए कि यिनले पटकपटक गरेर ताजमहल, लालकिल्ला र राष्ट्रपति भवन नै बेचेको थिए ।

आश्चर्य लाग्दो कुरा त के पनि रहेको छ भने नटवरलालले ५४५ सिट क्षमता भएको इण्डियाको संसद भवन पनि बेचेको थियो । यी सबै बेच्न उसले तात्कालीन राष्टपति राजेन्द्रप्रसादको नक्कली हस्ताक्षर गर्ने गरेको थियो ।

नटवरलाल भारतको बिहारमा जन्मिएका थिए । उनको बाल्यकालको नाम मिथिलेशकुमार श्रीवास्तव थियो । यनले आफ्नो एकजना छिमेकी साहाय नाम गरेको मानिसको हस्ताक्षर चोरेर ठगी गर्न सफल भएपछि उसको हौसलाको सीमा रहेको थिएन ।

साहायले उसलाई सधैं वैंकमा पैसा जम्मा गर्न लगाउँथे । एक दिन वैंकबाट उनको पैसा हरायो । पैसा कसले झिकेछ भनेर साहायले खोजी गर्दा नटवरलाल भागेर कलकत्ता पुगिसकेका थिए ।

त्यहाँ ब्रोकर वा दलालको काम गर्दागर्दै नटवरलाल झनै धूर्त बन्दै गए । उनले सरकारको ९ टन फलाम बेचेर खाए । कलकत्ता पुलिसले समातेर कारबाही गर्न खोज्यो । तर उम्किए ।

त्यसपछि उनी वेश्यावृत्तिको धन्दामा लाग्दै स्मग्लिंगको व्यापारमा लिप्त भए । उनी बारम्बार समातिए । तर जति पटक समातिए पनि जेलमा भने गएनन् । सबै कुरा पैैसाले मिलाए ।

केही सीप नलागेपछि रेलवे स्टेशनमा ठगीको काम सुरु गरे । सरकारी कागजातहरु बनाएर निकै ठूल्ठूला ठगी पनि गरे । सन् ४० को दशकमा उनले अथाह पैसा कमाए । देशभर दगुरिरहे । उनका निशानामा गहना पसले, घडी निर्माता, व्यापारी, वैंकर्स र सरकारी कर्मचारीहरु पर्दथे । उनी आफू पनि तिनीहरुकै राजर्षी भेषमा हुने गर्दथे ।

उनी आफ्नो जन्मिएको गाउँमा बराबर जाने गरिरहन्थे । त्यहाँ पुगेपछि गरीबहरुलाई कपडा, अन्न, पैसा तथा अरु सरसामानहरु दिने र वितरण गर्ने गर्दथे ।

उनलाई उसका गाउँलेहरुले अंग्रेजी कथाको ‘रबिनहुड’ जस्तै आदर, माया र सम्मान गर्ने गर्दथे । रबिनहुडले पनि आफ्ना गाउँलेहरुलाई यस्तै सेवा गर्ने गर्दथे ।

पछि त उनलाई दरभंगा अदालतले १७ वर्ष, सिंहभूमि अदालतले १९ वर्ष, पटना अदालतल आजीवन, अरु अदालतले १४ वर्षको सजाय तोकेका थिए ।

जो कूल मिलाएर ११३ वर्षभन्दा बढी जेल सजाय हुन आउँथ्यो । उनी कतिपटक त पुलिसको भेषमा भागेको भाग्यै गरेका थिए । उनी कानपुर जेलबाट दुनियाँलाई चकित पार्ने गरी भागेका थिए ।

नटवरलाल फेरि पनि राँचीतिर भाग्न सफल भए । धेरैले उनलाई त्यही मरेको र त्यही नै दाहसंस्कार गरिएको भन्छन् । तर अहिले पनि भारतीयहरु विश्वास गर्दछन् कि नटवरलाल हालको आधुनिक इण्डियाभर घुािमरहेका छन् । धेरैको मत त यो छ कि नटबरलाल नेपाली अनुहारमा अब नेपालभित्र पसिसकेका छन् ।

(Visited 1,299 times, 1 visits today)
Loading comments...