रासस
8 months ago
0
बेझाड । पाल्पामा ढुंगा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् ।
रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा आज ३९ वर्षीय मंगला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुंगा प्रहार गरी हत्या गरेकी हुन् ।
श्रीमतीको ढुंगा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पु¥याएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिए ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुंगा प्रहारबाट लोकबहादुरको मृत्यु भएको हो । मंगलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।