शुक्रवार २७ मंसिर, २०७६ (Friday, 13th December 2019)
२७ मंसिर, २०७६ (13 December 2019)

दुषित पानी पिउँदा एकै गाउँका ६० जना बिरामी, एकको अवस्था गम्भिर

हुमाकान्त पोखरेल
8 months ago
25/04/2019

गुल्मी । दुषित पानी पिउँदा मुसिकोट नगरपालिका ४ वडागाउँको दजाकोटमा ६० जना बिरामी परेका छन् । बिरामीमध्ये चार जनालाई भर्ना गरिएको छ । जसमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ ।

स्थानीय ५९ बर्षीय कुमारी सिञ्जालीलाई वामीमा उपचार सम्भव नभएपछि थप उपचारको लागि पाल्पा पठाइएको मुसिकोट नगरपालिकाका कार्यकापालिका सदस्य हरी छन्तेलले जानकारी दिए ।

आइतबार सामान्य रुपमा ४/५ जना बिरामी भएपनि सोमबार २६ जनाजति बिरामी परे । तर बुधबार साँझबाट एक्कासी मानिसहरु बिरामी पर्न थालेको छन्तेलले बताए । गाउँका सबैजसो नै बिरामी पर्न थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय, मुसिकोट नगरपालिकाको वडा नम्बर २, ३ तथा ४ ले संयुक्त रुपमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् ।

बिरामी परेका मानिसहरुमध्ये अधिकाशंमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका श्रीकृष्ण भट्राई ले जानकारी दिए । दुषित पानी पिउँदा यस्तो समस्या देखिएको डाक्टरहरुले बताएका छन् ।

दजाकोटका अझै पनि ८५ घरधुरी दुषित पानी पिउन बाध्य भएका छन् । करिब तीन बर्ष अगाडी भएको अगालागीपश्चात दजाकोटबासिले नियमित पानी उपभोग गर्न पाएका थिएनन् । हाल साविकको वडागाउँ गाविस वडा नम्बर ३ मा पर्ने नुरखोलाबाट बगेको दुषित पानी उनीहरुले उपभोग गर्दै आएको छन्तेलले बताएका छन् । दुषित पानी जाचँ गर्नको लागि जिल्ला खानेपानी तथा सरसफाई डिविजनमा पठाइएको पनि उनले जानकारी दिए ।

(Visited 51 times, 1 visits today)
Loading comments...