बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

बहुदलीय लोकतान्त्रिक अवधारणामा निजामती सेवा (लोकसेवा टिप्स)

राजधानी समाचारदाता
6 months ago
20/05/2019

राजनीतिबिनाको प्रशासन अचेत हुन्छ भने प्रशासनबिनाको राजनीति गतिहीन

निजामती सेवा

निष्पक्ष रूपले छनोट गरिएको, निश्चित तलब सुविधा पाउने, संविधान र कानुनप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, जनताको सेवामा समर्पित सीपयुक्त कर्मचारीको सेवा नै निजामती सेवा हो ।
Civil Service- The Administrative Service of Government.

प्रमुख विशेषताहरू

योग्यता प्रणालीमा आधारित
राजनीतिक तटस्थता र निष्पक्षता
सेवाको स्थायित्व
पदसोपानमा आधारित
वरिष्ठता र योग्यतामा आधारित बढुवा प्रणाली
जनसेवामा समर्पित
सेवाको कानुनी आधार

मुलुकले अवलम्बन गरेको राजनीतिक प्रणालीको निजामती सेवामा प्रत्यक्ष प्रभाव पर्छ । निजामती सेवाको स्वरूप निर्धारण नै राजनीतिक प्रणालीले गर्छ ।
निजामती सेवाले जनतामा सेवा प्रवाह गर्ने, सरकारलाई नीति निर्माणमा सहयोग गर्ने, शासकीय प्रभावकारिता ल्याउन भूमिका खेल्ने भएकाले निजामती सेवाको सक्षमता, प्रभावकारिता र जवाफदेहितामा सरकारको सफलता र जनताको समुन्नति निर्भर गर्दछ । अबको निजामती सेवामा निम्न दुई कुरामा ध्यान दिनुपर्छ ः
ग निजामती सेवालाई समावेशी र लोकतान्त्रिक
बनाउने,
ग निजामती सेवाको स्वरूप, कार्यसञ्चालन प्रक्रिया र भूमिकामा परिवर्तन गर्ने ।

लोकतन्त्रमा निजामती सेवाको भूमिका
Modern democracy cannot be exist without relatively powerful and independent bureaucracy.

नीति निर्माणमा भूमिका
सूचना उपलब्ध गराउने
सल्लाह दिने
अध्ययन अनुसन्धान गर्ने
नीतिगत दस्तावेज मस्यौदा गर्ने ।
नीति कार्यान्वयनमा भूमिका
नीतिबारे प्रचार प्रसार गर्ने
कार्यान्वयन योजना बनाउने
कार्यान्वयन गर्ने
अनुगमन र मूल्यांकन गर्ने

नीति मूल्यांकनमा भूमिका
कार्यान्वयनका समस्या पहिचान गर्ने
सूचना संकलन, विश्लेषण र प्रवाह गर्ने
Feedback लिने ।

नैतिक दायित्वसम्बन्धी भूमिका
समयमै कार्यसम्पादन गर्ने
सबैप्रति समान व्यवहार गर्ने
स्रोत साधनको मितव्ययी प्रयोग गर्ने
सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने
जनताको बृहत्तर हितमा जोड दिने ।

प्रभावकारी सेवा प्रवाह गर्ने भूमिका
अन्य
राजनीतिक तटस्थता
राष्ट्रिय एकता बढाउन सघाउने
जनताको सरकारप्रतिको विश्वास
बढाउने माध्यम
सांस्कृतिक बहुलताको सम्मान
नेपालमा निजामती सेवाका प्रमुख चुनौती
कर्मचारी र राजनीतिज्ञबीचको सम्बन्धमा कसरी सन्तुलन ल्याउने ?
सार्वजनिक क्षेत्रको व्यवस्थापन कसरी गर्ने ?
सामान्यज्ञ र विशेषज्ञबीचमा सन्तुलन कसरी
मिलाउने ?
कार्यदक्षता र इमानदारितामा ह्रासको गुनासो छ ।
उपयुक्त आकार र कार्यक्षेत्रको पहिचान
ICT र Globalization  का प्रभावसँग
कसरी समायोजित हुने ।
निजामती सेवाको आकर्षण र गरिमा
कसरी बढाउने ?
समावेशीकरण र योग्यता प्रणालीबीच
कसरी सन्तुलन ल्याउने ?
भ्रष्टाचार नियन्त्रणको विषय
कर्मचारीलाई कसरी सदाचार र मनोबल
युक्त बनाउने ?
Trade Unionism

संघीय प्रणालीमा कसरी समायोजन गर्ने ?

नेपालमा राजनीति र प्रशासनको सम्बन्ध
प्रशासनिक र राजनीतिक अधिकारीबीचको स्पष्ट
सीमा निर्धारण भएको छैन ।
सचिवको Statutory भन्दा Delegated Role छ ।
मन्त्रीको सचिवप्रति निर्भरता र विश्वासमा कमी ।
सचिव राज्यको होइन, मन्त्रीको जस्तो देखिन्छन् ।
आफू अनुकूलको सचिव खोज्ने प्रवृत्ति छ ।
निजी सल्लाहकारको बढ्दो प्रचलन र निर्णय
निर्माणमा Extra Legal हैसियतको उपयोगले
Spoil System जस्तो छ ।
अवसर वितरणमा हाम्रा मानिस खोजिन्छ ।
प्रशासन अतिक्रमित र Demoralized छ ।
राजनीतिज्ञको आशयअनुसार राय दिइन्छ ।
एक अर्काप्रतिको विश्वास कम छ ।
राजनीतिक गल्तीको प्रतिकार गर्नुको साटो
त्यसबाट फाइदा लिने प्रवृत्ति छ ।
Faceless होइन With Face Administration आवश्यक छ । Neutral and Committed.

यस्तो भए पनि–
मन्त्री र सचिवको कार्य विभाजन छ ।
निजामती सेवाको स्थायित्व छ ।
Merit System ले राजनीतिक हस्तक्षेपलाई
निरुत्साहित गरेको छ ।
थोरै सुविधामा पनि कर्मचारीले काम गरेका छन् ।
नीति निर्माण र कार्यान्वयनमा अहं
भूमिका खेलेको छ ।
कर्मचारी सेवा प्रवाहको सवालमा राजनीतिक
रूपमा तटस्थ छन् ।

निजामती सेवाले राजनीतिक समाजको संकेत बुझ्नुपर्छ र राजनीतिले पनि निजामती सेवाको विज्ञता र योग्यताप्रति विश्वास गर्नुपर्छ । राजनीतिले मागेको प्रतिफल प्रशासनले दिन सक्नुपर्दछ । त्यस्तै, प्रशासनले मागेको सुरक्षा ( योग्यता प्रणाली र वृति विकास) पनि राजनीतिले दिनुपर्छ । यसका लागि Neutral,Responsive,Inclusive and Professional Civil Serviceचाहिन्छ ।

लोकतन्त्रमा–

राजनीतिले इच्छा जाहेर गर्ने (Will )
उच्च प्रशासकले जनइच्छा नीतिमा ढाल्ने (Brain)
अन्य कर्मचारीले कार्यान्वयन गर्ने ( Hands)

(Visited 162 times, 1 visits today)
Loading comments...