आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

एआईजी र डीआइजीको पद घटुवा नगर्न सर्वोच्चको आदेश

राजधानी संवाददाता
6 months ago

काठमाडौ । सर्वोच्च अदालतले राष्ट्रिय अनुसन्धानका एआईजी यादव रेग्मी र डीआइजी मधु कार्कीलाई एक तह घटुवा गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले सरकारले गरेको निर्णय बदर गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा रेग्मी एआइजीमा बढुवा भएका थिए भने कार्कीलाई वर्तमान ओली सरकारले नै बढुवा गरेको थियो । सोमबारको मन्त्रिपरिषद्को बैठकले एआइजी र डिआइजीको दरबन्दी घटाएको भन्दै उनीहरुलाई एकतह घटुवा गरेको थियो ।

गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान हाल प्रधानमन्त्रि कार्यालय मातहतमा छ । गत माघमा राष्ट्रिय अनुसन्धानमा ३० वर्षे सेवा अवधि हटाईएपछि यी दुवैलाई फाजिलमा राखिएको थियो । सरकारले राजिनामा दिन पटकपटक दबाब दिएपनि अटेर गरेर बसेका कारण उनिहरुलाई एक तह घटुवा गरिएको हो । सरकारको उक्त निर्णयविरुद्ध उनीहरुले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरुको रिटमाथि सर्वोच्चले बुधबार फैसला गरेको हो ।

(Visited 278 times, 1 visits today)
Loading comments...