शुक्रवार २९ कार्तिक, २०७६ (Friday, 15th November 2019)
२९ कार्तिक, २०७६ (15 November 2019)

सिमानामा एक युवा मृत फेला

भगीरथ भण्डारी
6 months ago

इलाम । इलाम र पाँचथरको सिमानामा पर्ने घुर्विसे पञ्चमी बजारमा एक युवक मृत अवस्थामा फेला परेकोे जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

फाल्गुनन्द गाउँपालिका पाँचथरको अस्थायी सेवा केन्द्र रहेको कोठाभित्र अन्दाजी ३५ वर्षीय सुरेन लिम्बुको शव भेटिएको हो । कोठामा भने बाहिरबाट ताला लगाइएको छ भने मृतक लिम्बू आज दिउसो १ बजेदेखी हराएका थिए ।

दिउसै बाट हराएका लिम्बूको खोजी गर्ने क्रममा बेलुकी ६ः४५ बजे बन्द कोठामा शव भेटिएको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

(Visited 68 times, 1 visits today)
Loading comments...