शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

आश्चर्यजनक ‘प्रशान्त अग्निको घेरा’

6 months ago
01/06/2019

विश्वका ताजा आश्चर्यहरूमध्ये प्रशान्त अग्निको घेरा एक जीवन्त आश्चर्य हो । यो घेराले प्रशान्त महासागरको वरिपरि रहेका महादेशहरूका तटीय इलाकाहरूलाई आफ्नो अग्निरूपी बाहुपासमा पारेको छ । यो घेरामा रहेका तटीय इलाकाहरू निकै जोखिमपूर्ण, ध्वंशात्मक र जीवित ज्वालामुखीको निरन्तर विस्फोट र भूकम्प तथा सुनामीका चपेटामा रहेका छन् । पहिले पहिले पृथ्वीमाता रिसाएकी प्राकृतिक देवता रिसाएका, समुद्रकी देवता रिसाएकी र कतिपयले महासमुद्रको राक्षस रिसाएको भनी भाकल गर्ने, पूजाआजा गर्ने, बली दिने र पुकार गरिरहने गर्दथे ।
पछि जब ज्वालामुखी विष्फोट हुने, भूकम्प आउने, त्यसैका कारणले विनाशकारी सुनामी निम्त्याउने कुराको ज्ञात भएपछि प्रशान्त महासागरका वरिपरिका तटीय इलाकामा ज्वालामुखी विष्फोट तथा भूकम्पको सिस्मोग्राफ यन्त्रमार्फत मापन थालियो । यसले जनतालाई वैज्ञानिक सोच र चिन्तनतिर डो¥्यायो । जनता अब प्राकृतिक विपत्ति तथा यसले निम्त्याउने जोखिमप्रति सचेत हुँदै गए । र, तदनुसार बच्न र बचाउनका लागि उपायहरूको पनि खोजी गर्न थाले । अहिले यो अग्निको घेरामा बस्ने महासमुद्रको तटीय इलाकामा रहेका मानिसहरू भूकम्प तथा सुनामीबाट बच्न निकै नयाँनयाँ प्रविधि र उपायहरू प्रयोगमा ल्याइरहेका छन् ।

प्रशान्त अग्निको घेराले विभिन्न महादेशहरूको विशाल तटीय इलाकालाई प्रभावमा पारेको छ । यी इलाकाहरू आफंैमा ज्वालामुखी र निरन्तर भूकम्प गइरहने इलाकाहरू हुन् । भूगर्भविद्हरूले यसलाई साधरण तथा नियमितता जनाउने नाम दिएका छन् । ‘अग्निको घेरा’ आफंैमा नामले नै यसको नियमित क्रियाहरू अभिव्यक्त गर्दछ ।
भूगर्भविद्का अनुसार प्रशान्त अग्निको घेरा आफैंमा विभिन्न महादेशीय टेक्टोनिक तथा सहटेक्टोनिक ल्पेटहरूको एकापसमा ठोक्किने र एकले अर्कालाई धकेल्ने तथा उचाल्ने र दबाउने क्रियाप्रतिक्रियाको परिणाम हो । त्यो भनेको यी क्षेत्रहरूमा निरन्तर ज्वालामुखी विष्फोट र भूकम्पीय हलचलहरू भइरहनु हो ।
प्रशान्त महासागीय यो हलचलको क्षेत्रलाई वैज्ञानिकहरूले एक अग्नि घेराका रूपमा चित्रित गरेर अध्ययन गर्न र बुझ््न सजिलो बनाएका छन् । त्यहाँ भूकम्पीय हलचल र ससाना विष्फोटनहरू नियमित रूपमा नै हुने गर्दछन् ।
तटीय इलाकामा बस्ने मानिसहरू यी ससाना भूकम्पीय गतिविधिसँग निकै चिरपरिचित र मैत्रीपूर्ण रहेका पनि छन् । यसरी यस्ता प्राकृतिक प्रकोपहरूलाई सहज रपमा लिंदा कहिलेकाहीँ ठूल्ठूला दुर्घटनाहरू पनि निम्तने गरेका छन्् । तर, पनि भूकम्प मापन यन्त्रहरू, संकटपूर्वका सूचना संयन्त्र र प्रणालीहरूले तटीय इलाकाका मानिसहरूलाई निकै ठूलो सहयोग गरिरहेको छ ।

 


प्रशान्त अग्निको घेरा आफंैमा प्रशान्त महासागरको वरिपरिको तटीय इलाका हो, जुन न्युजिल्यान्डदेखि, इन्डोनेसिया, फिलिपिन्स, जापान र रसियादेखि अलास्कासम्म २५ हजार माइल लामो रहेको छ । यसले उत्तर अमेरिका र दक्षिण अमेरिकालाई पनि छाडेको भने छैन । भूगर्भविद्का अनुसार टेक्टोनिक प्लेटहरूका कारणले हुने यो डरलाग्दो तटीय हलचल ससाना टेक्टोनिक प्लेटहरूका कारणले झन् बढी हुने गरिरहेको छ ।
यी सहायक टेक्टोनिक प्लेटहरूमा फिलिपिनो प्लेट, जुआँ डे फुका प्लेट, कोकोस क्यारिबियन प्लेट र नाज्का पल्ेटहरू मुख्य रहेका छन् । फिलिपिनो सहप्लेटको अस्थिरताका कारणले फिलिपिन र जापानलाई निकै सताइरहेको छ । यहाँको अवर्णनीय र अत्यासलाग्दा घटनाहरू यसैको कारणले हुने गरेको छ ।
त्यसैगरी जुआँ डे फुका सहप्लेटको हलचलका कारणले संयुक्त राज्य अमेरिका बढी नै प्रभावित छ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, ओरेगन र वासिङ्टन बढी प्रभावित हुने गरेका छन् ।
यसपछिको बढी प्रभाव कोकोस तथा क्यारिबियन सहप्लेटले निम्त्याएको पाइन्छ । यसको प्रत्यक्ष प्रभाव मेक्सिको र मध्यअमेरिकी महदेशसम्म रहने गरेको देखिन्छ । यस अतिरिक्त नाज्का सहटेक्टोनिक प्लेटले दक्षिण्ी अमेरिकी महादेशका पश्चिमी देशहरूलाई सताउने गरेको छ ।

महासागरीय तरलताको चापमा आउने फेरबदल, पानीको भेदन, तथा चलयामान सहटेक्टोनिक प्लेटका कारणले निरन्तर ज्वालामुखी विष्फोटन र भूकम्पीय हलचलका साथै सुनामी यो अग्नि घेराको आफ्नो स्वत्व र पहिचान हो । यो प्राकृति र नियमित भएकाले स्वाभाविक बनिसकेको छ । पहाडी इलाकाहरूमा जाने पहिरो, तराईमा सताउने बाढी र डुबानजस्तै प्रशान्त महासागरको तटीय इलाकाहरूका मानव बस्तीमा पनि यी प्राकृतिक आग्नेय गतिविधिलाई स्वभाविक रूपमा लिइन्छ । क्षति हुँदा विलाप गर्ने र नहुँदा स्वभाविक रूपमा पचाउने मानिसको प्रवृत्ति नै हो ।
तर, पनि मानिसहरू यी सबै कुरा ‘राम भरोसे’ हुनुभन्दा पनि वैज्ञानिक र वस्तुगत हिसाबले थाहा पाए भने त्यसबाट हुने क्षति कम गर्न र बचाउका लागि उपायहरूको विकास र अवलम्बन
गर्न सक्नेछन् । महासमुद्रको तटीय इलाकामा एकातिर जमिनको साह्रो भाग र अर्कातिर पानीको तरल भागमा पर्ने चुम्कीय तथा गुरुत्व बलको असर भिन्दाभिन्दै हुने गर्दछ । पूर्णिमाको रातमा चन्द्रमा नजिक हुनाले पर्ने असर समुद्रमा पनि प्रस्ट देखा पर्दछ ।

पूर्णिमाको दिन समुद्रमा ठूलाठूला ज्वारभाटाहरू उठ्ने र तटीय इलाकामा पानीको सतह बढ्ने हुनछ । समुद्रको पानीको भाग गुरुत्वाकर्षणका कारणले बढी तानिने र जमिनको भाग नतानिने भएकाले यसले टेक्टोनिक तथा सहटेक्टोनिक प्लेटहरूमा प्रत्यक्ष प्रभाव पार्दछ । यही दबाब र प्रभावका कारण समुद्रको सतह कहीँकतै फाट्न जाने वा भासिने गर्नाले लाभा निस्किएर ज्वालामुखी विष्फोट हुन गई भूकम्प पनि आउने र समुद्री सुनामीले सताउने हुन्छ ।

(Visited 281 times, 1 visits today)
Loading comments...