आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

अमिताभले २१०० किसानको ऋण तिरे

एजेन्सी
5 months ago
13/06/2019

मुम्बई  । भारतमा बर्सेनि ऋण चुक्ता गर्न नसकेका कारण हजारौं किसानले आत्महत्या गर्दै आएका छन् । यो आत्महत्यालाई रोक्न बलिउड अभिनेता अमिताभ बच्चनले अति विपन्न किसानको ऋणा चुक्ता गर्दै आएका छन् ।

अभिनेता अमिताभले अहिलेसम्म २१०० जना किसानको ऋण चुक्ता गरिसकेका छन् । उनले यसरी चुक्ता गरेको ऋण प्रतिकिसान हजार होइन लाखौं रुपैयाँ पनि रहेको छ ।

उन्नत खेती गर्न सरकार तथा साहुसँग लिएको ऋण खेती बिग्रिएर तिर्न नकसेपछि सरकारदेखि साहुसम्मले गरिब किसानको जग्गा लिलामीमा लिने गरेका छन् । यसरी आफ्नो जग्गा नै खोसिएपछि बाँच्ने आधार नभएका किसानले आत्महत्या गर्दै आएका छन् ।

त्यस्ता किसानलाई आत्महत्याबाट जोगाउन अमिताभ बच्चनले व्यक्तिगत रूपमै अति विपन्न किसानको ऋण तिरिदिने गरेका छन् । आफ्नो आम्दानीको केही प्रतिशत रकम अति विपन्न किसानको ऋण तिर्नमा आफूले खर्च गर्दै आएको अमिताभ बच्चनले बताएका छन् ।

आफूले अहिलेसम्म २१०० जना अति विपन्न किसानको ऋण तिरिदिएको यी अभिनेताले सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन् । यो अभियानलाई उनले निरन्तरता दिने पनि बताएका छन् ।

अभिताभ बच्चनको नयाँ फिल्म ब्रम्हास्त्र चाँडै प्रदर्शन हुँदै छ । उनी अहिले अरू दुईवटा सिनेमामा व्यस्त छन् । यस्ता फिल्ममा आफूले लिने पारिश्रमिकको केही हिस्सा उनले विपन्न किसानको ऋण सहयोगमा छुट्याउने गरेका छन् । आफूले सञ्चालन गर्दै आएको टेलिभिजन सो कौन बनेगा करोडपतिको आम्दानीबाट पनि उनले केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । अहिले अति विपन्न किसानलाई आत्महत्याबाट जोगाउन उनीहरूको ऋण तिरेर ती किसानलाई अमिताभले प्रोत्साह गर्दै आएका हुन् ।

 

 

(Visited 36 times, 1 visits today)
Loading comments...