शुक्रवार ६ मंसिर, २०७६ (Friday, 22nd November 2019)
६ मंसिर, २०७६ (22 November 2019)

विप्लव नेकपाका जुम्ला इञ्चार्ज पक्राउ

शुभाकर विश्वकर्मा
5 months ago
13/06/2019

खलङगा । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपाका इन्चार्ज पक्राउ परेका छन् । जुम्ला इन्चार्ज चन्द्रविर तिरुवा ‘रवी किरण’लाई बुधबार राति १ बजे प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

उनी सिँजा गाउँपालिका वडा नम्बर २ चुलेलगाउँ निवासी हुन् । सिँजा स्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक सिताराम रिजालले उनलाई घरमा सुतिरहेको अवस्थामा छापा मारेर पक्राउ गरिएको जानकारी दिएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासदमा राखिएको प्रहरीले जनाएको छ ।

(Visited 70 times, 1 visits today)
Loading comments...