आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

मृत भेटिएका अधिकारीको हत्या भएको खुलासा, सुर्यवंशी पक्राउ

श्रीकृष्ण सिग्देल
5 months ago
13/06/2019

स्याङ्जा । यही जेष्ठ २७ गते भीरकोट नगरपालिका १ मुल्कीचौपारीमा मृत भेटिएका भनिएका व्यक्तिलाई हत्या गरेको खुल्न आएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका १३ का ५५ वर्षीय राजेश अधिकारीको शव २७ गते बिहान मृत अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुसार २६ गते राती मृतक अधिकारीले मादक पदार्थ सेवन गरी रुपन्देही देवदह १० घर भई भीरकोट १ डायमण्चोक बस्ने ३९ वर्षीय लेखबहादुर सुर्यवंशीले हत्या गरेको खुल्न आएको हो ।

सुर्यवंशीको डेरामा गई काम गरेको पैसा मागेकोमा १/२ दिनमा दिउँला भन्दा आत्म सम्मानमा चोट पुग्ने गरी गाली गलौज गरेको भन्दै सुर्यवंशीले मृतक अधिकारीलाई हथौडा र काठको चिरपटले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सुर्यवंशीको प्रहारबाट घाईते भएका मृतक अधिकारीको मृत्य भएको प्रहरी उपरिक्षक भण्डारीले बताए । सुर्यवंशीलाई जिल्ला अदालतमा पेश गरि म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यारा पत्ता लगाउन गण्डकी प्रदेशबाट कुकुर सहित जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालको कमाण्डमा टोली खटिएको थियो । हत्यामा संलग्न सुर्यवंशी र मृतक दुवैले मादक पदार्थ सेवन गरेर झगडा हुँदा घट्ना घटेको प्रहरीले जनाएको छ ।

(Visited 562 times, 1 visits today)
Loading comments...