बिहिवार २६ मंसिर, २०७६ (Thursday, 12th December 2019)
२६ मंसिर, २०७६ (12 December 2019)

लुम्बिनीलाई उपाधि

राजधानी समाचारदाता
6 months ago
15/06/2019

 

काठमाडौं  । लुम्बिनी कलेज र काठमाडौं नर्थपोल बास्केटबल क्लबले(केएनपी) एभरेस्ट वल्र्ड थ्री वाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

शुक्रबार भएको महिलातर्फको फाइनलमा लुम्बिनी कलेजले इन्साइट भिजनलाई १४–१० को स्कोरमा हराउँदै च्याम्पियन बन्यो । फाइनल खेलमा महŒवपूर्ण ८ स्कोर गरेकी लुम्बिनीकी अमिसा घले उत्कृष्ट खेलाडी भइन् । त्यस्तै, पुरुषतर्फ प्रसन्न तामाङको उत्कृष्ट प्रदर्शनमा केएनपीले इन्फ्यान्ट क्लबलाई १६–१४ को स्कोरमा पराजित गर्दै उपाधि चुम्यो ।

केएनपीका प्रसन्न उत्कृष्ट खेलाडी चुनिए । दुइदिने प्रतियोगिताको विजेता खेलाडी तथा टिमलाई आयोजक स्कुलका कार्यकारी निर्देशक सर्जन बीसी, ईसीए इन्चार्ज श्याम तामाङ, मिस एस ईई स्टार ओजस्वी काफ्लेलगायतले पुरस्कृत गरेका थिए ।

(Visited 5 times, 1 visits today)
Loading comments...