बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

पृथ्वीनारायण शाहले किर्तिपुर आक्रमण कसरि गरेका थिए ? (भिडियो सहित)

राजधानी समाचारदाता
5 months ago
18/06/2019

 

काठमाडौं । निर्माण पक्षले ऐतिहासिक दावी गरेको चलचित्र ‘कीर्तिपुर : द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ निर्माण भएको पा“च वर्षपछि प्रदर्शन हुने भएको छ ।

निर्देशक प्रदीप खड्गीले सेन्सर बोर्डले सेन्सर पास गर्न समय लगाएपछि निर्माण भएको लामो समयपछि मात्र यो चलचित्र प्रदर्शन हुन लागेको बताए ।

नेपाल एकिकरणका अभियन्ता तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा आधारित छ ।

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण भएको ‘कीर्तिपुर’ मा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ आदि कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई अनन्तकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।

‘पृथ्वीनारायणले कीर्तिपुरमा तीन पटक आक्रमण गर्दा त्यसको प्रतिकार गर्ने कीर्तिपुरवासीको नेतृत्व कीर्तिलक्ष्मीले नै गरेकी थिइन्

यसराज गराज पृथ्वीनारायण शाहकाे भुमिकामा

चलचित्रमा अभिनेता यसराज गराजले पृथ्वीनारायण शाह तथा अभिनेत्री हिसिला महर्जनले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गरेका छन् ।
पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै अभिनेता यशराज गराचले ऐतिहासिक विषयमा आधारित चलचित्रको एउटा महत्वपूर्ण अंग हुन पाउ“दा गौरवान्वित भएको बताए । पुथ्वीनारायण शाहको भूमिका निर्वाहा गर्न निकै कठिन भएको बताउ“दै अभिनेता गराचले भने—’एउटा वीर योद्धाको भूमिका निर्वाहा गर्नु मेरो लागि कम चुनौतीपूर्ण थिएन । यद्यपि, मैले आफ्नो तर्फबाट राम्रो गर्ने प्रयास गरेको छु । चलचित्रलाई लिएर म निकै उत्साहित छु ।’

कीर्तिलक्ष्मीको भूमिका निर्वाह गर्ने अभिनेत्री हिसिला महर्जनले उक्त चरित्रका बारेमा आफूले बाल्यकालदेखि सुन्दै आएको तथा एकदिन उक्त भूमिका निर्वाह गर्ने सपना देखेको बताइन् । ‘पृथ्वीनारायणले कीर्तिपुरमा तीन पटक आक्रमण गर्दा त्यसको प्रतिकार गर्ने कीर्तिपुरवासीको नेतृत्व कीर्तिलक्ष्मीले नै गरेकी हुन्, अभिनेत्री महर्जनका अनुसार उक्त भूमिका निर्वाह गर्नका लागि उनले प्रसस्त मेहनत गरेकी छिन् ।

फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । नया“ पुस्तालाई इतिहास जान्न र बुझ्न भए पनि एकपटक ‘कीर्तिपुर’ हेर्नुपर्ने निर्देशक खड्गीको भनाई छ । निर्मँण श्रेष्ठलाई चलचित्र निर्माणमा वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले सघाएका छन् । शंकर महर्जन र नविन जोशी यो चलचित्रका छायांकार हुन् । चलचित्रलाई फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडि कम्पनीले वितरण गर्दैछ ।

(Visited 170 times, 1 visits today)
Loading comments...