आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

रियालिटी शो भ्याईस आफ नेपालको दोस्रो सिजन प्रशारण हुने

राजधानी समाचारदाता
5 months ago
18/06/2019

काठमाडौं । गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ’द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुने भएको छ ।
दोस्रो सिजन नाजिकैनै लाग्दा युनिटले पत्रकार भेटघाटको आयोजना गर्दै दुइ नयाँ कोच सार्वजनिक गरेको छ । दोस्रो सिजनमा दुइ नयाँ र दुइ पुराना कोच रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।

द भ्वाईस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोश्रो सिजनबाट हटाईएका हुन् । पहिलो सिजनका बाँकी दुई निर्णायक बरिष्ट गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहेका छन् ।
यस अघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ । भने , रक गायिका अभया सुब्बाको स्थानमा पप गायिका आस्था राउतलाई कोचको रुपमा अनुबन्धित गरिएको छ ।

केही समयदेखि अमेरिका बस्दै आएका राजु लामा यही कार्यक्रमका लागि नेपाल आएका छन् । पप व्यान्ड मँगोलियन हार्टका भोकलिस्ट लामा अहिलेको पुस्ता माँझ पनि उत्तिकै परिचित छन् । उमेरले ४० वर्ष पुगेका राजु बिगत अढाई दशकदेखि नेपालीमा सक्रिय छन् ।

केहि समय अगाडी मात्र उनले सांगीतिक यात्राजी २५ औ वर्षको खुसियाली कन्सर्ट गर्दै साटेका थिए । सन १९९४ मा पहिलो गीतिसँग्रह सोलुसन निकालेर गायन यात्रा सुरु गरे पनि दोश्रो गीतिसँग्रह मँगोलिन हार्टको तिमीलाई देखेर हिमाल हाँसेको‘गीत मार्फत राजु श्रोता माँझ परिचित मात्र होइन् , स्थापित नै भएका थिए ।

उनले व्यान्ड ग्रुपसँग मिलेर १० भन्दाबढी गीति संग्रह दर्शक तथा श्रोता माँझ ल्याईसकेका छन् । यसैगरी अर्की कोच आस्था पनि एक दशकदेखि गायनमा सक्रिय छिन् । संगीतिक घरनाकी आस्थाका बुबा हरिबहादुर राउत अग्रज लोक गायक हुन् ।

उनले एक दशक अघि सालको पात टपरी गाँसेर‘ गीतको रिमिक्स भर्सन मार्फत गायन यात्रा सुरु गरेकी हुन् । साँगीतिक यात्राको क्रममा उनको फिल्म मायाज बारको माया यो माया‘ ढुवानी फिल्मको छलक लछक लगायतका गीत अत्यधिक सफल छन् ।

पप गायन तर्फ आस्थाका चौबन्दीमा पटुका बाँधेको ‘,झुम्के बुलाकी‘गीत सर्वाधिक हिट छन् । साथै,आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर पनि गरियो । आगामी साउनको पहिलो साताबाट भ्वाईस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रशारण हुँदैछ ।

दोस्रो सिजनमा द भ्वाईस अफ नेपाललाई टाइटल स्पोन्सरको रुपमा युनाईटेड सिमेन्टले साथ दिएको छ । साथै , सह प्रायोजकको रुपमा एनआइसी एशिया बैंक र आइएनजी ग्रुप रहेका छन् । यसैगरी भोटिङ्ग तथा पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ । कार्यक्रम निर्देशकको रुपमा अघिल्लो सिजना झैँ लक्षमण पौडेल रहेका छन् ।

(Visited 65 times, 1 visits today)
Loading comments...