बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

गुठी विधेयकका विरोधमा जनता सडकमा उत्रिएपछि प्रतिनिधिसभामा कुरा उठ्यो : काँग्रेस

रासस
7 months ago
18/06/2019

काठमाडौँ । राष्ट्रियसभामा प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले समय माग गर्दै गुठी विधेयकका विरोधमा जनता सडकमा उत्रिएपछि प्रतिनिधिसभामा कुरा उठेको बताए ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा नेता पाण्डेले भने, ‘हाम्रो धर्म, परम्परा, संस्कृतिअनुसार गुठी चलेको छ । गुठी भनेको जग्गा मात्र होइन, धर्म, संस्कृति, सभ्यता पनि हो, त्यसमा धावा बोल्ने काम कसैले पनि गर्न हुँदैन । यो विधेयक भूमाफियाको चङ्गुलबाट बनेको छ । यो सरकारले फिर्ता लिनुपर्छ ।’

नेता पाण्डेले सरकारले विधेयक ल्याउँदा सरोकार पक्षसँग छलफल नै नगरी ल्याएको आरोप लगाउँदै जनताको चाहनालाई सम्बोधन गर्न सरकारलाई आग्रह गरे । सहमतिको राजनीति सत्तापक्षकै नेताले शुरु गर्नुपर्ने बताउँदै उनले प्रतिपक्षको आवाज सदनमा दबाउने प्रयास भएको आरोप लगाए । ‘सदन भनेकै प्रतिपक्षको हो । बहुमतको सरकारको नाममा जनताको भावनाविपरीत काम गर्नुहुँदैन’, नेता पाण्डेले भने ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार १० गते अपराह्न १ बजे बस्नेछ ।

(Visited 54 times, 1 visits today)
Loading comments...