बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

गुठी विधेयकविरुद्ध काठमाडौंमा विशाल प्रदर्शन

राजधानी समाचारदाता
5 months ago
19/06/2019

काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले फिर्ता भएको गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकाका नेवार समुदायले विशाल प्रदर्शन गरेका छन् । उपत्यकाका विभिन्न ठाउँबाट आएका हजारौं मानिस माइती घर मण्डलामा जम्मा भएर गुठी विधेयकको विरोध गरिरहेका छन् । माइतीघर मण्डलामा जुलुश आउने क्रम अझै जारी छ ।

प्रदर्शनकारीले गुठी विधेयक खारेज गनुपर्ने, धर्मसंस्कृति मास्न नपाइने, सञ्चार मन्त्रीले राजिनामा दिनुपर्ने जस्ता माग राखेका छन् ।
प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमनमा समस्या भएको छ ।

(Visited 110 times, 1 visits today)
Loading comments...