आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

उकालो चढन नसकेपछि बोलेरो पल्टियाे एकको मृत्यु, ४ घाईते

अर्जुन श्रेष्ठ
5 months ago
20/06/2019

 धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ डाँडागाउँस्थित पाङग्रेखोलाको उकालोमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परीे ४ जना घाईते भएका छन् ।

जिल्लाको सदरमुकाम धादिङबेसीबाट सेमजोङ तर्फ जाँदै गरेको बा १ ज ६०२१ नम्बरको बोलेरो उकालोमा चढ्न नसकि पछाडि हट्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएका नीलकण्ठ नगरपालिका वडा नं ३ सिम्लेगैरीका ३८ वर्षीय शेर बहादुर लामाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा परि घाईते हुनेमा नीलकण्ठ नगरपालिका ३ की ३८ वर्षीय कान्छी लामा, नेत्रावती डबजोङ गाउँपालिका २ का २८ वर्षीय नरबहादुर तामाङ र २६ वर्षीय निरमाया तामाङ र २ वर्षकी रेनिसा तामाङ घाईते भएका छन् ।

(Visited 67 times, 1 visits today)
Loading comments...