विश्वनाथ सिम्खाडा
6 months ago
0
कालिकोट । नेत्र विक्रम चन्द समूह ‘विप्लव’का कार्यकर्ताले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा आगजनी गरेका छन् । विप्लव कार्यकर्ताले मंगलबार राति १ बजेको समयमा गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ५ र ६ को कार्यालयमा समेत आगजानी र तोडफोड गरेका छन् ।
आगजनीबाट भुक्तानी हुनै लागेका महत्वपूर्ण बिल जलेर नष्ट भएको गाउँपालिका उपाध्यक्ष मनशोभा वुढाले बताइन्
। ‘महत्वपूर्ण कागजातसहित भौतिक सामान सबै नष्ट भएका छन् ।’ उपाध्यक्ष वुढाले भनिन, ‘आर्थिक वर्ष सकिनै लागेको बेला कार्यालय जलाएपछि काम गर्न अप्ठेरो भएको छ ’
उनले मंगलबार रातिनै नरहरिनाथ ५ रुप्सा र ६ माल्कोट सेरापाटास्थित वडा कार्यालयमा पनि तोडफोड गरी कागजात नष्ट गरेको जानकारी दिइन् ।
रातीको १ बजे बन्दकर्ताले पेट्रोल छर्किएर आगजनी गरेको कालिकोटका प्रहरी प्रमुख डीएसपी विनोद शर्माले जानकारी दिए ।