आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

यी हुन् शाहरुख खानका चर्चित असफल फिल्म

एजेन्सी
5 months ago
26/06/2019

 

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले केही समय यताबाट आफुसँग फिल्म नभएको बताएका छन् ।
बिगत चार वर्ष यताबाट वर्सेनी दुई ओटाका दरले ६ ओटा फिल्म फ्लप भएपछि यी अभिनेताले अहिले नयाँ फिल्ममा अभिनय गर्न सकेका छैनन् । न त शाहरुखले नयाँ फिल्म निर्माण नै गर्न सकेका छन् ।

सन २०१५ बाट उनले एउटा पनि हिट फिल्म दर्शकलाई दिन सकेका छैनन् । जसका कारण उनी प्रति दर्शकको विश्वास घटेको छ । एकपछि अर्को फिल्म असफल हुँदै गएपछि केही समय आफुले फिल्मबाट आराम लिने निस्कर्षमा शाहरुख पुगेका छन् । बलिउडमा किङ खानको उपमाले परिचित यी अभिनेताले आफुलाई पछिल्लो समय बक्स अफिसमा ब्यबसायिक किङको रुपमा प्रस्तुत गर्न नसक्दा उनले करिअरलाई निकै असर परेको छ । यो तीन वर्षमा व्यबसायिक रुपमा असफल भएका उनका ६ ओटा फिल्मको यहाँ चर्चा गरिएको छ ।

जिरो : शाहरुख खानको पछिल्लो समयको सबैभन्दा महँगो फिल्म ‘जिरो’ हो । केही महिना अघि रिलिज भएको यो फिल्मले उनलाई एक सय करोड भन्दा बढी घाटा दिलायो । आनन्द एल राय जस्ता सफल निर्देशकले निर्देशन गरेर पनि जिसो सफल भएन । शाहरुखसँगै कैटरिना कैफ, अनुष्का शर्मा जस्ता स्टार कलाकार भएर पनि यो फिल्म चल्न सकेन । यही फिल्मको असफलताका कारण बिगत सात महिना यताबाट शाहरुखले कुनै फिल्म खेल्न मानेका छैनन् ।

जब हैरी मेट सेजल : शाहरुख खानको व्यबसायिक रुपमा असफल फिल्म जब हैरी मेट सेजल गत वर्ष रिलिज भएको थियो । यो फिल्ममा शाहरुख र अनुष्का शर्मा मुख्य भूमिका थिए । अनुष्कालाई यात्रामा प्रेम गरेर आफ्नो बनाउने कथामा केन्द्रित यो फिल्मले पनि बक्स अफिसमा कुनै चमत्कार देखाउन सकेन ।

रईस : शाहरुख खानले आफुलाई व्यापारी चरित्रको रुपमा प्रस्तुत गरेको फिल्म रईसमा उनी धनी पात्रका रुपमा प्रस्तुत त भए । तर फिल्मले पैसा कमाउन सकेन । यो फिल्म पनि व्यबसायिक रुपमा असफल भयो । यसबाट पनि उनले केही रकम गुमाउनु प¥यो । यो फिल्म दुई वर्ष अघि रिलिज भएको थियो ।

फ्यान : फिल्मका स्टार र प्रसँसक (फ्यान)को सम्बन्धमा आधारित शाहरुखको फिल्म फ्यान सन २०१६ मा रिलिज भएको थियो । दर्शकलाई लक्षित गरेर बनाइएको यो फिल्मले हलमा दर्शकको मन जित्न सकेन । फिल्म घाटामा गयो । शाहरुखसँगै यसका निर्देशक मनिस शर्माका लागि पनि यो फिल्म ब्यबसायिक असफल सावित भयो ।

दिलवाले : काजलसँग आफ्नो दशक अघिको फिल्म दिलवाले दल्हनियाँ लेजाएँगे हिट भएपछि शाहरुखले यस्तै फिल्म दिलवाले सन २०१५ मा निर्माण गरे । जसमा आफु र काजल मुख्य भूमिकामा प्रस्तुत भए । तर यो फिल्मले दर्शकको दिल जितेन । फिल्मलाई ६० करोड भन्दा बढी घाटा शाहरुखलाई दिलायो । सफल निर्देशक रोहित शेट्टीलाई पनि यो फिल्मले असफल निर्देशकको दाग लगायो ।

(Visited 128 times, 1 visits today)
Loading comments...