सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

बामदेव गौतमको नेतृत्वमा रुख रोपिने

राजधानी समाचारदाता
6 months ago
26/06/2019

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघका संयोजक वामदेव गौतमको संयोजनमा बुधवार पार्टीका ४४ जनवर्गीय संगठनहरुको संयुक्त भेला सम्पन्न भएको छ । भेलाले नेपाल सरकारले घोषणा गरेको वृक्षारोपण वर्षलाई सफल पार्नका निम्ति असार १४ गते वृक्षारोपण कार्यक्रममा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको विशेष उपस्थिति थियो । नेपाल सरकारले यस आर्थिक वर्ष २०७६÷०७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने निर्णय गर्नुका साथै असार १४ गते राष्ट्रव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न गरी वार्षिक वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको छ ।

उक्त दिन नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) सम्बद्ध जनवर्गीय संगठनहरुद्वारा सरकारको यस निर्णयलाई हार्दिक समर्थन गर्दै वर्षभरि अत्यन्तै उत्साहका साथ कार्यक्रममा भाग लिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

 

(Visited 42 times, 1 visits today)
Loading comments...