आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

विप्लवका कार्यकर्ता राई कारागार चलान

भविन कार्की
5 months ago
26/06/2019

संखुवासभा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता कारागार चलान भएका छन् ।

पाँचखपन नगरकालिका–६ का बाबुराम किराती ‘विवश ’लाई सात हजार धरौटी नबुझाएको भन्दै मंगलबार कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरका सुचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए ।

राईलाई संगठित रुपमा हातहतियार खरखजना तथा विष्फोटक पदार्थ ओसारपसार, सार्वजनिक सम्पतिमा विष्फोटन र संगठित रुपमा आगजनी गरेको आरोप लागेको छ । राईले सार्वजनिक सम्पतिमा विष्फोटन गराएको मुद्दामा ७ हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान गरेको सुचना अधिकारी कार्कीले बताए । अन्य दुई मुद्दामा साधारण तारिख तोकिएको छ ।

विप्लवका कार्यकर्ता राईलाई प्रहरीले असार ५ गते सदरमुकाम खाँदबारीबाट पक्राउ परेका थिए । राई विप्लवको राष्ट्रिय युवा जनस्वयम सेवकको केन्द्रीय अध्यक्ष तथा कोशी ब्यूरो सदस्य भए पनि पछिल्लो समय राजिनामा दिएर निष्कृय भएर घर परिवारसँगै बस्दै आएको परिवार स्रोतको भनाइ छ ।

परिवारले सामान्य जिवन विताउँन र ब्यत्तिगत कामका शिलसिलामा सदरमुकाम खाँदबारी आएको बेला पक्राउ गरको भन्दै आपत्ती जनाएका छन् । राईलाई छुटाउन उनका आफन्त सुनसरी जिल्लाको इटहरी बाट केही दिन देखि जिल्ला प्रहरी कार्यालय संखुवासभा धाइरहेको बताए । राईको घर पाँचखपन भएपनि उनी अहिले परिवारसँग सुनसरीको इटहरी बस्दै आएको आफन्तको भनाइ छ ।

राई तत्कालिन १० बर्ष युद्ध मार्चामा सहभागी हुँदा टाउकोमा गोली लागेर घाइते भएका थिए । राई घाइते अपाङगको क बर्गको सुचिबाट पाउने मासिक १२ हजार भत्ता विप्लव कार्यकर्ता भन्दै रोकि दिएपछि उनी राज्यले दिने मासिक भत्ता बुझ्न जिल्ला प्रशासन कार्यालय आएको मौकामा प्रहरीले पक्राउ गरेको थियो ।

विप्लव विद्यार्थी जिल्ला संयोजक नेकपा प्रवेश
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला संयोजक रमेश कार्की एक महिना अघि नै सो पार्टी परित्याग गरिसकेका थिए । क्रान्तिकारीका जिल्ला संयोजक कार्की बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेको नेकपा संखुवासभाका जिल्ला अध्यक्ष हेमराज घिमिरेले जानकारी दिए ।

(Visited 38 times, 1 visits today)
Loading comments...