आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

वातावरण विनाश र हाम्रो भविष्य

राजधानी समाचारदाता
5 months ago
29/06/2019

 

सम्पूर्ण सभ्य मानवजातिले हाम्रो पृथ्वीमा पाइने जीवनको स्रोत सीमित छ भनेर बिर्सेको जस्तो छ । अमेरिकामा सतहको माटोको निर्दयतापूर्वक शोषण गरेपछि विशाल खेतीयोग्य जमिन मरुभूमिमा पाएपछि, रूख ढली ठूलाठूला प्रदेश नष्ट भएपछि तथा असंख्य उपयोगी प्राणी लोप भएपछि मात्रै यी तथ्यहरूको बारेमा बिस्तारैबिस्तारै पुनः ज्ञान हुन थालेको छ । तर, पनि जनसाधारणको चेतनामा यो कुरा बल्ल आएर घुस्न थालेको छ ।
सभ्य भनाउँदा मानवले आफ्नो वरपरको र आफूलाई टिकाउने प्राकृतिक वासस्थानको अन्धाधुन्ध पर्यावरणीय विनाशले मानव स्वयंलाई नै खतराको निकट पु¥याउँछ । वास्तविक रूपमा यो कुरा महसुस हुन थालेपछि सायद मानवले आफ्नो भुल स्वीकार गर्ला तर त्यतिन्जेलसम्म धेरै ढिला भइसकेको हुनेछ, यो असभ्य प्रक्रियाले मानव स्वयंलाई नै कति नोक्सान पु¥याउँछ भन्ने उसले सबभन्दा कम याद गर्छ ।
आफ्नो वरपर कृत्रिम, अति सस्तो र अति कुरूप देख्ने युवाबाट कुनै पनि चिजप्रति भय मिश्रित श्रद्धाको अपेक्षा कसरी गर्न सक्छांै, सहरवासीका निम्ति आकाशको दृश्यसमेत गगनचुम्बी भवन र वायुमण्डलको रासायनिक बादलले अस्पष्ट पारिदिएको छ, सहर र गाउँको खेदजनक रूपले हुँदै गइरहेको कुरूपताको साथसाथै विकास अगाडि बढ्छ ।

(Visited 99 times, 1 visits today)
Loading comments...